Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस को परीक्षण गरियाे

प्रतिक्षा खबर
२०७७ श्रावण ११, आईतवार ११:५४

भारतमा पछिल्लो २४ घण्टामा चार लाखभन्दा बढी मानिसको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा चार लाख ४२ हजार ३१ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको हो ।
पछिल्लो २४ घण्टामा भएका परीक्षणमध्ये सरकारी प्रयोगशालामा तीन लाख ६२ हजार १५३ नमुना परीक्षण गरिएको थियो भने निजी प्रयोगशालामा ७९ हजार ८७८ नमुना परीक्षण गरिएको थियो । यससँगै भारतमा प्रति १० लाख मानिसमा परीक्षणको संख्या ११ हजार ४८५ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८ हजार ६६१ नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि १३ लाख ८५ हजार ५२२ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३२ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७०५ जनाको मृत्यु भएको हो ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ६६ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । तामिलनाडुमा संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ भने दिल्लीमा एक लाख २९ हजार कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्रोत : बीबीसी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर