Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सप्तरीमा पत्रकारलाइ प्रहरी द्वारा दुर्व्यबहार, नेपाल पत्रकार महासंघ द्वारा कार्यबाही को माग

प्रतिक्षा खबर
२०७७ पुष १४, मंगलवार २१:३२

नवीन यादव-सप्तरी,

नेपाल पत्रकार महासंघ सप्तरीका केन्द्रीय पार्षद एवम् कल्याणपोष्ट दैनिकका सम्पादक माला कर्ण र सह–सम्पादक ध्रुव कुमार मण्डलाई मंगलवार प्रहरीले गरेको दुर्व्यवहारप्रति महासंघ शाखा सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका अध्यक्ष जितेन्द्र खड्गाले मंगलबारै प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीद्वारा गरिएको दुव्र्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै भत्र्सना गरेका हुन् । जस्तोसुकै विषम परिस्थितिमा पनि सप्तरीका पत्रकारहरुले आफ्नो दायित्व निर्वाह गर्दैआएको चर्चा गर्दै वर्तमान परिवेशमा पत्रकारहरुलाई शान्तिपूर्ण वातावरणमा रिपोटिङ्ग गर्ने माहौलको अनुभूति हुनुपर्नेमा सुरक्षाकर्मीबाटै दुर्व्यवहार भएको कार्यप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दिउँसो २.४५ बजे राजविराज स्थित गजेन्द्र चौकमा सम्पादक कर्ण र सह–सम्पादक मण्डल चढेको मोटरसाइकललाई मिनी मार्केटतिर जाने क्रममा नेपाल प्रहरीले रोक्दा गाडी साइड लगाएर राख्दै गर्दा ‘पत्रकार हो भने के हो ? जान दिँदैनौ, यो बाटो’ भन्दै मोटरसाइकलको साँचो खोस्न खोज्दा दिन नमानेपछि अभद्र व्यवहार गर्नु घोर निन्दनीय कार्य भएको महासंघले ठहर गरेको छ ।

‘मोटरसाइकलको साँचो खोस्दै गरेको तथा दुर्व्यवहार गर्ने प्रहरीको फोटो खिँच्दा सम्पादक कर्णको मोबाइल खोस्ने क्रममा अभद्र व्यहार गर्नु कदापि जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेका प्रहरीबाट यस्तो कार्य हुनु घोर निन्दनीय हो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसैगरी साथमा रहेका सह–सम्पादक मण्डलले प्रहरीलाई सम्झाउन खोज्दा उल्टै दुव्र्यवहार गरेको बुझिएको छ, यसरी पोशाक तथा सिभिलमा खटिएका प्रहरी टोली मर्यादित रुपमा प्रस्तुत हुनुको साटो अराजक रुपमा प्रस्तुत भएकोले दुव्र्यवहार गर्ने प्रहरीलाई हदैसम्मको कार्वाही गर्न नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ ।’

सप्तरीका पत्रकारहरुमाथि विभिन्न बहानामा दुव्र्यवहार हुँदैआएको विषयमा सुरक्षा प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि यस्ता घटना दोहोरिनु दुःखद् भएको ठहर गर्दै महासंघका अध्यक्ष खड्गाले आफ्नो व्यवहार र कार्यशैलीप्रति आत्मआलोचना सहित दोषी प्रहरीलाई कडा कार्वाही गर्न तथा आईन्दा यस्तो अमर्यादित व्यवहार नदोहोर्याउन प्रेस विज्ञप्तिमार्फत जोडदार माग गरेको छ । अन्यथा पत्रकारहरुको आत्म सम्मान सहित आफ्नो अधिकार र स्वतन्त्रताकालागि महासंघ कडा संघर्षमा जान बाध्य हुने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर