Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले गरे जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार २१:१८

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कोरोना महामारीमा सर्वसाधारणलाई उपचार गराउन कठिन भइरहेको बेला स्कुल अफ डेमोक्रेसीको कोभिड–१९ क्विक रेस्पोन्स टीमले शनिबार जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका–१ मुसहरी टोलमा सञ्चालन गरिएको शिविरमा १४७ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएको स्कुल अफ डेमोक्रेसीका सदस्य राकेश विक्रम साहले जानकारी दिए।
कोरोना महामारीका कारण सामान्य बिरामीहरूले समेत अस्पतालमा उपचार पाउन कठिनाइको सामना गर्नु परेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको साहले बताए। मुसहरीमा अधिकांश दलित समुदायको बसोबास रहेकोले उनीहरूलाई लक्षित गरेर शिविर सञ्चालन भएको उनको भनाइ छ।
शिविरमा स्वास्थ्य परीक्षण गराउन आएकाहरूलाई निःशुल्क औषधि, प्याथोलोजि जाँच तथा चिकित्सकीय परामर्श दिइएको स्कुल अफ डेमोक्रेसीका अर्का सदस्य दीपक ठाकुरले जानकारी दिए।
शिविरमा डा. शरद यादव, डा. विपिन यादव, डा. अभिजित साह, डा. सज्जन ठाकुर, डा. मनिषा भारद्वाज, डा. विकासकुमार साह, डा. सन्तोष साह, डा. विजयकुमार साह,डा अमित मिश्र,डा शशिभुशन ठाकुर लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका छन्।
कोरोना महामारीमा सर्वसाधारणलाई सहयोग गर्न स्कुल अफ डेमोक्रेसीको क्विक रेस्पोन्स टीमले सर्वसाधारणलाई एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै समस्या परेकोबेला निःशुल्क परामर्श, उपचार गराउँदै आइरहेको छ।
स्कुल अफ डेमोक्रेसीलाई कोभिड संकटमा सर्वसाधारणलाई सहयोग गर्न नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले ५० हजार नगद सहयोग गरेका छन्। यसैगरी जनकपुरस्थित लायन्स क्लबले मास्क, सेनिटाइजर, पिपिईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ।
आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानद्वारा रक्तदान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले सञ्चालन गरेको आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानले रक्तदान कार्यक्रम गरेको छ।
रेडक्रस धनुषामा देखिएको रगत अभावलाई मध्यनजर गरी वडाध्यक्ष जानकीराम साहको पहलमा सञ्चालन भएको अभियानले रक्तदान कार्यक्रम गरेको हो। कोरोना महामारीबीच आवश्यक्ता परेको बिरामीलाई रगत अभाव हुननदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष साहले बताए।
कार्यक्रममा महिला तथा पुरुष गरी ५० भन्दा बढी स्थानीयले रक्तदान गरेको उनले बताए। अभियानअन्तर्गत साताको दुईदिन शुक्रबार र शनिबार निःशुल्क स्वास्थ्य जाँचसमेत भइरहेको वडाध्यक्ष साहले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर