Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

कोहली चम्किँदा पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

प्रतिक्षा खबर
२०७९ कार्तिक ६, आईतवार १८:०६

६ कात्तिक, । मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल फालेपछि टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ ।
१६० रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो ।
सुरुवाती तीन बलमा २ रन खर्चेर हार्दिक पाण्ड्याको विकेट लिएका नवाजले पाकिस्तानलाई जितको आशा दिलाएका थिए । तर, चौथो बलमा नवाजले फालेको नो बलमा भारतका पूर्व कप्तान विराट कोहलीले छक्का प्रहार गरेपछि भारतलाई जित सहज भएको हो ।
अन्तिम १ बलमा भारतलाई २ रन आवश्यक थियो । तर, नवाजले वाइड बल फाले र स्कोर बराबरी भयो र भारतले थप एक बल खेल्न पायो । यो अवसरलाई सदुपयोग गर्दै रविचन्द्रन आश्विनले १ रन बनाएर भारतलाई जिताए ।
भारत र पाकिस्तानबीचको खेल विश्व क्रिकेटमा सधैं बहुप्रतिक्षीत रहने गर्छ । विश्वकपमा पाकिस्तानसँग विरलै हारेको भारतले रोमान्चक अन्तिम ओभरमा जित हासिल गरेको हो ।
भारतलाई जिताउन सुपरस्टार कोहलीले अविजित ८२ रनको योगदान गरे । उनले ५३ बलमा ४ छक्का र ६ चौका हिर्काए ।
खराब सुरुवात गरेको भारतका लागि मध्यक्रमका ब्याटरले जितको आधार तय गरेका थिए । ओपनरद्वय कप्तान रोहित शर्मा र केएल राहुल समान ४ रनमा आउट भए ।
उच्च लयमा रहेका सूर्यकुमार यादवले १५ र अक्षर पटेलले २ रन बनाएर आउट हुँदा भारत ६.१ ओभरमा ३१–४ को कठिन स्थितिमा थियो ।
तर, कोहली र हार्दिक पाण्ड्याले पाँचौं विकेटका लागि ११३ रनको शतकीय साझेदारी गरे । अन्तिम ओभरको पहिलो बलमा क्याचआउट हुनुअघि हार्दिकले ३७ बलमा २ छक्का र १ चौकाको सहयोगमा ४० रन बनाए ।
बलिङतर्फ पाकिस्तानका लागि हरिस रफले सर्वाधिक २ विकेट लिए । नासिम शाहले १ विकेट लिए ।
यसअघि, मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो ।
पाकिस्तानले पनि सुरुवात राम्रो गरेको थिएन । उच्च लयमा रहेका ओपनरहरु कप्तान बाबर आजम र मोहम्मद रिजवनलाई चाँडै गुमाएर दबावमा रहेको पाकिस्तानका लागि सान मशुद र इफ्तिकार अहमदले अर्धशतकीय योगदान गरेका थिए । मशुदले ५२ र इफ्तिकरले ५१ रन बनाए ।
अन्तिम क्रममा आएर सहिन साह अफ्रिदीले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बलिङमा भारतका लागि अर्शदीप सिंह र हार्दिक पाण्डेयले ३–३ विकेट लिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर