Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारी

प्रतिक्षा खबर
२०७७ श्रावण २४, शनिबार १०:२६

प्रतीक्षा खबर
काठमाडौं, साउन २४ गते

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने र विद्यार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार गर्ने काम पनि भइसकेको जनाएको छ
तयार गरेको नतिजा एकपटक अन्तिम परीक्षण भइरहेको बोर्डले जनाएको छ । परीक्षार्थीको नाम, थर, जन्ममिति र नम्बरमा कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुुगेको बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिए
साउन दोस्रो साता भित्रै नतिजा प्रकाशन गर्ने बोर्डले तयारी गरे तापनि कोरोना संक्रमण जोखिम बढेपछि नतिजा प्रकाशन गर्न सकेको नसकेको उनको भनाइ छ । बोर्डले यसपटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो । नतिजा प्रकाशनपछि परीक्षार्थीलाई बोर्डले ग्रेडसिट प्रदान गर्ने जनाएको छ ।
गएको चैतमा एसईई परीक्षा संचालनको पूर्व संध्यामा कोरोना संक्रमणको जोखिम उच्च भएपछि परीक्षा स्थगित गरेको थियो । लामोसमय लकडाउन हुँदा बोर्डले परीक्षा लिन सकेन । त्यसैले यसपटक विद्यालयको आन्तरिक मूल्यांइकनको आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।
यसपटक एसईईमा झण्डै ४ लाख ८२ हजार परीक्षार्थी छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर