Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

राष्ट्रपति नपाएपछि बाबुराम पार्टी एकताको विपक्षमा उभिए : महिन्द्र राय यादव

प्रतिक्षा खबर
२०८१ बैशाख ८, शनिबार २१:१२

८ वैशाख, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बन्न नसकेपछि माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।
शनिबार नेपाल समाजवादी पार्टीको यादव पक्षले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपति पद नपाएपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।
‘उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो, यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । मलाई थाहा छ, डा. सापले मलाई भन्नुभयो–राष्ट्रपति भएन, हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ, मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो–मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साब विचलित हुनुभयो ।
बाबुरामले राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट हिसिलालाई उम्मेदवार बनाउन खोजेको पनि यादवले आरोप लगाए । ‘प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस्’, उनले भने । तर नपाएपछि पार्टी एकताको विपक्षमा उभिएको यादवको भनाइ छ ।
आफूहरुलाई बाबुरामले मन्त्री पदको लोभमा पार्टी एकता गरेको आरोप लगाए पनि पदको लोभ उनले बढी गरेको यादवको आरोप छ । ‘यो देशमा हामीभन्दा बढी लोभी पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु । अनि बाबुरामले हामीलाई भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।
नेपाल समाजवादी पार्टीको अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितको टोलीले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । तर अर्का अध्यक्ष डा. बाबुरा भट्टराई भने माओवादीसँग एकताको विपक्षमा छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर