Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय

प्रतिक्षा खबर
२०८३ कार्तिक १, शनिबार १२:४३

रामगाेपालपुर। मधेश प्रदेशको राजनीतिमा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवको चर्चा पुनः चुलिएको छ। महोत्तरी क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य समेत रहेका यादवलाई आगामी मुख्यमन्त्रीको रूपमा हेर्न थालिएको हो।

आफ्नो विगतको कार्यकालमा महोत्तरी क्षेत्र नम्बर ४ लगायत सम्पूर्ण मधेश प्रदेशमा पुर्‍याएको योगदान र तीव्र विकास निर्माणका कार्यहरूका कारण उनको पक्षमा जनअपेक्षा र राजनीतिक वृत्तमा चर्चा बढेको बुझिएको छ। आम नागरिकहरूमाझ उनी एक सफल, दूरदर्शी र ‘विकासप्रेमी युवा नेता’ को रूपमा निकै चर्चित र लोकप्रिय छन्।

स्थानीयस्तरमा सडक, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा उनले गरेका कामहरूको सर्वसाधारणले प्रशंसा गर्दै आएका छन्। मधेश प्रदेशको समग्र समृद्धि र राजनीतिक स्थिरताका लागि उनको नेतृत्व अपरिहार्य रहेको भन्दै नेता तथा कार्यकर्ताहरूले उनलाई पुनः मुख्यमन्त्रीको रूपमा अघि सार्नुपर्ने आवाज उठाउन थालेका छन्। राजनीतिक समीकरण र जनचाहना दुवै अनुकूल बन्दै गएकाले सरोज कुमार यादवको मुख्यमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर