Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बौद्धिमाई नगरपालिकामा जसपाको ५१ सदस्यीय नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न

प्रतिक्षा खबर
२०७८ चैत्र १३, आईतवार २०:४९

आरएन पटेल । चैत्र १२ गते
रौतहटको बौद्धिमाई नगरपालिका पिपरीयामा जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अन्तर्गत नगर कमिटी समायोजन कार्यक्रम सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपाल,रौतहट बौद्धिमाई नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रम बौद्धिमाई नगरपालिकाको वडा नम्बर ६ पिपरीयामा सम्पन्न भएको छ।
नगर कमिटी समायोजन कार्यक्रम अन्तर्गत बौद्धिमाई नगरपालिकामा ५१ सदस्यीय नगर कमिटी गठन कार्यक्रम सम्पनन भएको छ। साथै यसै अवसरमा विभिन्न पार्टी परित्याग गरी विभिन्न तह तपकाका नेता कार्यकर्ताहरुले कार्यक्रमको प्रमुख अतिथि माननीय प्रदेश सांसद रामकिशोर यादवको हातबाट टिका माला लगाई गमछा ओढ़ाई जसपामा पार्टी प्रवेश गरेका छन । नयाँ नगर कमिटिमा नगर कमिटी अध्यक्षमा हृदय नारायण राय यादव , उपाध्यक्ष मोतिम हासमी , देव शरण राय यादव , महिला उपाध्यक्ष मेघिया देवी यादव, कोषाध्यक्ष अरुण उर्फ राजकुमार प्रसाद पटेल सचिव राम सागर उर्फ रामाधार प्रसाद पटेल स सचिवमा जीवानेश कुमार यादव , राजेश प्रसाद जयसवाल लगायत ५१ सदस्यीय जसपाको नगर कमिटी गठन भएका छन् ।
जसपा नेपाल बौद्धिमाई नपाको नगर कमिटी अध्यक्ष तथा बौद्धिमाई नपा वड़ा नं. ६ पिपरिया परोहाका वडा अध्यक्ष हृदय नारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जसपाको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं.२ विधानसभा ‘ख’ को विधायक माननीय रामकिशोर यादव उर्फ किशोरी यादव तथा विशिष्ट अतिथि बौद्धिमाई नगरपालिकाको नगर प्रमुख प्रदेश २ को जसपा प्रदेश सदस्य युवा मेयर राजीव रंजन यादव , जिल्ला समन्वय समिति रौतहटको उपसभापति रामवशिष्ट राय यादव तथा बौधिमाइ नगरपालिकाकि उप प्रमुख प्रेमलाता कुशवाहा आसन ग्रहण गर्नु भएको थियोे ।
कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले सम्पूर्ण नव गठित नगर कमिटी लगायत नव प्रवेशी नेतागणहरुलाई सफल कार्यकालको लागि तथा उतरोत्तर प्रगतिको लागि शुभकामना दिदै संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अंतर्गतको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको मुख्य उद्देश्य पार्टिलाई जरादेखि नै बलियो बनाउनु , पार्टी संगठन सुदृढ गरी अगामी निर्वाचनमा जसपा पार्टिको केन्द्रसम्म बहुमत ल्याई सफल हुन साथै जसपाले मात्र समग्र मधेशी जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सक्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर उपप्रमुख प्रेमलता कुशवाहा, जसपा नेपाल बौद्धिमाई नपाको नगर कमिटी अध्यक्ष तथा बौद्धिमाई नपा वड़ा नं. ६ पिपरिया परोहाका वडा अध्यक्ष हृदय नारायण राय यादव, युवा नेता जसपाको केन्द्रीय सदस्य विवेक कुमार यादव, समाजवादी युवा संघ को केन्द्रीय महा सचिव दिलीप कुमार पटेल , युवा नेता अनवर हाशमी, वडा नमबर ३ मटीअर्वाका वडा प्रत्याशी मणिभूषण साह, बौद्धिमाई नपाको कार्यपालिका सदस्य युवा नेता काशीराम पासवान , युवा नेता सिकेन्द्र यादव , रामाधार प्रसाद पटेल , परोहा नपा नरकटिया निवासी युवा नेता अजय प्रसाद पटेल, युवा नेता नरेन्द्र प्रसाद कुशवाहा, कार्यक्रमको सञ्चालन प्रमोद कुमार यादवले गर्नुभएको थियो तथा जसपाका नेता कार्यकर्ताहरू लगायत आम सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर