Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

भारतले निर्माण गर्ने सडकमा ह्युमपाइप , कल्भर्ट बनाउने सहमति

प्रतिक्षा खबर
२०७८ माघ १५, शनिबार १९:३५

नवलपरासी, १५ माघ । भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने समस्या देखा परेकाे प्रति स्थानीय प्रशासनले संवाद शुरू गरेकाे छ ।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय समकक्षी अधिकारी अर्थात उत्तर प्रदेश महराजगञ्ज जिल्लाका जिल्लाधिकारीसित (डिएम) निरन्तरमा संवादमा रहेकाे बताएका छन् ।
सीमाकाे दशगजादेखि १० देखि २० मीटर मात्रकाे दूरी राखेर भारतले बनाइरहेकाे ३० मीटर चाैडाइकाे सडकले पानीकाे प्राकृतिक बहाव थुनिने संकट उत्पन्न हुने कारण देखाउदै स्थानीय जनताले विराेध गर्न थालेपछि स्थानीय प्रशासनले स्थलगत निरिक्षण समेत गरेर द्विपक्षीय छलफल गरिएकाे बताएकाे छ ।
भारतीय सडक विभागका अधिकारी र नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहितकाे संयुक्त निगरानी गरिएर पानीकाे निकास बनाउनु पर्ने सहमति भएकाे छ । यसका लागि सडकमा हरेक ५०० मीटरमा कल्भर्ट बनाउने, आवश्यक रहेकाे स्थानमा ह्युम पाइप जडान गर्नुपर्ने र पानीकाे अधिक मात्राकाे बहाव रहेकाे स्थानमा पुल बनाउने कार्य एक हप्तामा शुरू गरिने सहमति भएकाे प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
उनले भारतीय अधिकारीहरूसंगकाे भेटमा नेपाली किसानले उठाएकाे समस्या जायज रहेकाेले पानीकाे बहाव राेकिनु हुन्न भन्ने आफुले माग राखेकाे र भारतीय अधिकारीहरूले यसकाे समाधान गरिने बताएकाे जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्र ले यसका साथै नेपालकाे ताल्लुक मन्त्रालयमा समेत यसकाे जानकारी गराएकाे बताए ।
प्रमुख जिल्ला अधिकारी मिश्र ले भने, यसकाे पुर्ण समााधान स्थानीय स्तरबाट खाेजिनुकाे साथै नेपाल सरकारले कुटनीतिक पहल गरी समाधान सहज हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर