Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

सुनकोशीमा खसेको गाडी भेटियो, मान्छे बेपत्ता

प्रतिक्षा खबर
२०८१ भाद्र ९, आईतवार ०७:४३

९ भदौ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । ‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्,’ एसपी काफ्लेले अनलाइनखबरसँग भने, ‘खोजी कार्य जारी छ ।’

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।

गाडिबाट हामफालेका सुशान्त कक्षपति मध्यम खालको घाइते छन् । उनलाई उपचारका लागि खुर्कोट पठाइएको छ ।

जिप खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खोजी कार्यमा खटिएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको र आफू पनि घटनास्थलतर्फ जान लागेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर