Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

सिस्को(CISCO)सरटिफिकेट पाउने पहिलो नेपाली : झा

प्रतिक्षा खबर
२०७६ फाल्गुन १४, बुधबार ०८:३३

विश्वभको सबैभन्दा गाह्रो परिक्षाको सुचिमा पर्छ सिस्को(CISCO)प्रमाणपत्रकोलागि लिईने परिक्षा ।यो प्रमाणपत्रलाई ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा PHD गरे सरह मान्यता प्राप्त छ ।सुचना प्रविधिको राजधानी मानीने क्यालीफोर्नियामा अवस्थित‘सिस्को (CISCO)’एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनि हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उत्त प्रविधिलाईआवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा ल्याउनका निम्ति विभिन्न चरणको परिक्षा लिई दक्ष जनशत्ति समेत उत्पादन गर्ने गर्छ ।
यस कार्यक्रमको सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ जना र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका थिए ।यसै प्रणालीद्वारा सँचालीत ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’(CISCO)को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन्– शुनिल कुमार झा ।


प्रस्तुत छ शुनिल झासँग हाम्रो सहकर्मीले लिनुभएको अन्तरवार्ताः
तपाईको प््राारम्भिक शिक्षा तथा पारिवारिक पृष्ठभुमी कस्तो थियो?
– पीताजी नेपाल प्रहरिमा हवल्दार हुनुहुन्थ्यो । मध्यमवर्गीय परिवार थियो हाम्रो । पहिले त प्राथमिक शिक्षा पाउन पहिले सर्लाहि कै बरहथवाको विद्यालयमा पढे । पछी मावी स्तरको शिक्षाकोलागि गोडैतामा अवस्थीत आवासिय विद्यालयमा भर्ना भए । मेरो जीवनको लक्ष्य त्यहिबाट कोरिन थालेको हो । गोडैता स्कुल राम्रो शिक्षा तथा अनुशासनकोलागि चर्चीत थियो त्यतीबेला । त्यसैले अध्ययन र अनुशासनको पाठ त्यहिबाट सिकेका थिए र पछीसम्म निरन्तरता दिने अभ्यास बस्यो।

बाल्यकालमा पढाईप्रत्रीको लगाव कस्तो थियो?
– मेरो बाल्यकाल पनि अरुजस्तै सामान्य थियो । यद्यपी म पढाईमा राम्रो भएकोेले सबैले माया गर्ने । अलीअली बदमासी त बाल्यकालमा हुने नै भयो ।
आदरणीय गुरु मुन्नर यादव यादवले सधै भन्नुहुन्थ्यो – “हुने विरुवाको चिल्लो पात” । सुरुमा त यस्को अर्थ नै बुझेको थिएन । तर पछीपछी बुझ्दै जादा मलाई पनि चिल्लो पात झैं बन्न मन लाग्यो । चन्चल स्वभावको भएपनि अध्ययनमा मेरो रुचि निकै गहिरो थियो । कुनैपनि विषयको गहिराईसम्म पुग्न चाहने जीज्ञासु स्वभाव थियो ।

यस्तो स्वभाव विकास हुनुमा पनि मेरो गुरुहरुकै योगदान छ । सामान्यतया उच्च शिक्षाकोलागि विदेश गएकाहरुले आफ्नो गुरु र गाँउ विर्सेको हामीले देख्दै आएका छौं । तर मैले उहाँहरुको गुण विर्सेको छैन । प्रत्येक वर्ष नेपाल आएर आफ्ना गुरुहरुलाई भेला गरि सम्मान कार्यक्रम गर्छु तथा वहाँहरुबाट आशिर्वाद लिने गरेको छु । त्यतीमात्र नभई गाँउका विपन्न विद्यार्थीहरुकोलागि विद्यालय नै सँचालन गरेर आफ्नो गाँउकोलागि नवीन योगदान दिदै आएकाछन् ।

सर्लाहिको सिमराबाट अमेरिकासम्मको यात्रा कसरि तय भयो?
– “वास्तवमा भन्नुपर्दा म यहाँसम्म आईपुग्छु भनेर सोचेको पनि थिएन । गाँउघरको वातावरण अध्ययनकोलागि आजको जस्तो सहज थिएन । शैक्षीक पुर्वाधारको कमी तथा विज्ञसम्म पहुँचको अभाव लगायतका थुप्रै अप्ठ्याराहरु थिए । तर परिवारबाट पाएको निरन्तर हौसला र मलाई पढाउनुभएका शिक्षकहरुको आशिर्वादले मलाई मेहनत गर्न उत्प्रेरित गरिरह्यो । भनिन्छ नि – सयौ कोसको यात्रापनि एक कदमबाट नै सुरु हुन्छ । मेरो यात्रामा पनि यो भनाई नै लागुभयो होला । आफुले अध्ययन गर्ने विषयम जहिलेपनि अब्बल हुनुपर्छ भन्ने प्रतिस्पर्धात्मक सोचको विकासपनि सानैदेखी विकास भएको थियो । त्यसैले मैले मेहनत गर्दैगए – हरेक सिढिहरु एकएक गरि पार गर्दै गए र ईश्वरको कृपाले मलाई यो लक्ष्यसम्म डोर्याएर ल्यायो” ।

आफ्नो सफलताको श्रेय केलाई वा कस्लाई दिनुहुन्छ?
– पुल्चोक क्याम्पसबाट ईन्जीनियरिङमा स्नातक गरेपछी अमेरिकालाई गन्तब्यको रुपमा रोज्नु नै मेरो सफलताको पहिलो खुड्किलो चढे जस्तो लाग्छ । “नेपालमै बसेको भए शायद यस विषयबारे जानकारी पनि पाउने थिएन । अमेरिका आईसकेपछी पनि सुरुको ५वर्षसम्म संघर्ष गर्नुपरेको थियो । खानबस्न तथा अध्ययन सामग्री किन्न पैसा चाहिन्थ्यो । घरबाट पैसा मगाउनु असम्भव थियो । त्यसैले कामगर्दै लगातार ५ वर्षसम्म अध्ययन गरे । कष्टकर थियो जीवन तर मैले लक्ष्यसम्म पुग्न अरु विकल्प देखिन । अरुजस्तै म पनि सहज बाटो रोज्न सक्थे तर त्यो मलाई स्विकार्य थिएन ।
भनिन्छ नि ‘होनहार दैव नटार’ । मैले सहज बाटो रोजीन र परिक्षाभन्दा अघी २ महिनासम्म दैनिक १२ घण्टासम्म प्रयोगशालामा बसेर अभ्यास गरेपछी मात्र यो प्रमाणपत्र पाउन सफल भएको थिएं” । परिश्रमका साथै मलाई पढाउनुहुने गुरुहरु तथा परिवारलाई श्रेय दिन्छु ।

नेपालमा यस्तो प्रणाली स्थापना गर्न तथा नेपालमा थप योगदान दिन के कस्तो योजना छ?
– यो व्यत्तिगत स्तरबाट गरिने विषय हैन । नेपाल सरकारको तर्फबाट नै ठोस योजना सहित आवस्यक बजेटको व्यवस्था भए दक्षहरुको एउटा टोली नै गठन गरि गृहकार्य गर्ने हो भने सम्भव छ । सुचना प्रविधिमा अझैपनि नेपाल बामे सर्दै छ । त्यसैलेनेपालकोलागि यो निकै फलदायी हुन सक्छ । नेपालमा विज्ञको अभावमात्र नभई सुचना प्रविधिको विकासको विषयमा सरकारको ध्यान अझैपनि पुगेको देखिदैन । नत्र सुचना प्रविधि जनशक्ति उत्पादन मात्र नभई हरेक दृष्टिकोणले विश्वशक्ति बन्ने प्रतिसपर्धामा रहेको भारत र चिनको बिचमा अवस्र्थीत नेपालले निकै लाभ लिनसक्ने सम्भावना छ । तर यसकोलागि ठोस योजना सहित विभिन्न देशसँग सहकार्य तथा राजनितिक अवरोध रहित वातावरण आवस्यक छ ।
नेपालमा बसेर तपाईजस्तै सपना देखिरहेका युवाहरुलाई के भन्न चाहनुहुन्छ?
– व्यक्तिगत रुपमा नेपालबाट पनि यस्तो विषय अध्ययनकालागि तालिम दिने तयारि गर्दै छु । चौतर्फी सहयोग पाए सफल पनि हुने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा बसेर सपना देखेपनि कडा परिश्रम नगरि सफलता हात पार्न सकिदैन । सहि गन्तब्य रोजेर निरन्तर अभ्यास एउटा मात्र बाटो हो । यहाँसम्मको भोगाई तथा अवसरहरुको सम्पुर्ण विवरण सहित एउटा किताब प्रकाशित गर्दैछु । यसै वर्षको अन्त्यमा आउने उत्त किताब मार्फत मैले यस विषयबारे प्रकास पार्नुकासाथै मेरो भावी योजनाहरु पनि सार्वजनिक गर्नेछु ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर