• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सिस्को(CISCO)सरटिफिकेट पाउने पहिलो नेपाली : झा


सिस्को(CISCO)सरटिफिकेट पाउने पहिलो नेपाली : झा

विश्वभको सबैभन्दा गाह्रो परिक्षाको सुचिमा पर्छ सिस्को(CISCO)प्रमाणपत्रकोलागि लिईने परिक्षा ।यो प्रमाणपत्रलाई ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा PHD गरे सरह मान्यता प्राप्त छ ।सुचना प्रविधिको राजधानी मानीने क्यालीफोर्नियामा अवस्थित‘सिस्को (CISCO)’एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनि हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उत्त प्रविधिलाईआवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा ल्याउनका निम्ति विभिन्न चरणको परिक्षा लिई दक्ष जनशत्ति समेत उत्पादन गर्ने गर्छ ।
यस कार्यक्रमको सुरुको १३ वर्षमा अमेरिकाबाट ५ हजार १ सय १९ जना र भारतबाट ५ सय १२ जनाले यो प्रमाणपत्र पाएका थिए ।यसै प्रणालीद्वारा सँचालीत ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’(CISCO)को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन्– शुनिल कुमार झा ।


प्रस्तुत छ शुनिल झासँग हाम्रो सहकर्मीले लिनुभएको अन्तरवार्ताः
तपाईको प््राारम्भिक शिक्षा तथा पारिवारिक पृष्ठभुमी कस्तो थियो?
– पीताजी नेपाल प्रहरिमा हवल्दार हुनुहुन्थ्यो । मध्यमवर्गीय परिवार थियो हाम्रो । पहिले त प्राथमिक शिक्षा पाउन पहिले सर्लाहि कै बरहथवाको विद्यालयमा पढे । पछी मावी स्तरको शिक्षाकोलागि गोडैतामा अवस्थीत आवासिय विद्यालयमा भर्ना भए । मेरो जीवनको लक्ष्य त्यहिबाट कोरिन थालेको हो । गोडैता स्कुल राम्रो शिक्षा तथा अनुशासनकोलागि चर्चीत थियो त्यतीबेला । त्यसैले अध्ययन र अनुशासनको पाठ त्यहिबाट सिकेका थिए र पछीसम्म निरन्तरता दिने अभ्यास बस्यो।

बाल्यकालमा पढाईप्रत्रीको लगाव कस्तो थियो?
– मेरो बाल्यकाल पनि अरुजस्तै सामान्य थियो । यद्यपी म पढाईमा राम्रो भएकोेले सबैले माया गर्ने । अलीअली बदमासी त बाल्यकालमा हुने नै भयो ।
आदरणीय गुरु मुन्नर यादव यादवले सधै भन्नुहुन्थ्यो – “हुने विरुवाको चिल्लो पात” । सुरुमा त यस्को अर्थ नै बुझेको थिएन । तर पछीपछी बुझ्दै जादा मलाई पनि चिल्लो पात झैं बन्न मन लाग्यो । चन्चल स्वभावको भएपनि अध्ययनमा मेरो रुचि निकै गहिरो थियो । कुनैपनि विषयको गहिराईसम्म पुग्न चाहने जीज्ञासु स्वभाव थियो ।

यस्तो स्वभाव विकास हुनुमा पनि मेरो गुरुहरुकै योगदान छ । सामान्यतया उच्च शिक्षाकोलागि विदेश गएकाहरुले आफ्नो गुरु र गाँउ विर्सेको हामीले देख्दै आएका छौं । तर मैले उहाँहरुको गुण विर्सेको छैन । प्रत्येक वर्ष नेपाल आएर आफ्ना गुरुहरुलाई भेला गरि सम्मान कार्यक्रम गर्छु तथा वहाँहरुबाट आशिर्वाद लिने गरेको छु । त्यतीमात्र नभई गाँउका विपन्न विद्यार्थीहरुकोलागि विद्यालय नै सँचालन गरेर आफ्नो गाँउकोलागि नवीन योगदान दिदै आएकाछन् ।

सर्लाहिको सिमराबाट अमेरिकासम्मको यात्रा कसरि तय भयो?
– “वास्तवमा भन्नुपर्दा म यहाँसम्म आईपुग्छु भनेर सोचेको पनि थिएन । गाँउघरको वातावरण अध्ययनकोलागि आजको जस्तो सहज थिएन । शैक्षीक पुर्वाधारको कमी तथा विज्ञसम्म पहुँचको अभाव लगायतका थुप्रै अप्ठ्याराहरु थिए । तर परिवारबाट पाएको निरन्तर हौसला र मलाई पढाउनुभएका शिक्षकहरुको आशिर्वादले मलाई मेहनत गर्न उत्प्रेरित गरिरह्यो । भनिन्छ नि – सयौ कोसको यात्रापनि एक कदमबाट नै सुरु हुन्छ । मेरो यात्रामा पनि यो भनाई नै लागुभयो होला । आफुले अध्ययन गर्ने विषयम जहिलेपनि अब्बल हुनुपर्छ भन्ने प्रतिस्पर्धात्मक सोचको विकासपनि सानैदेखी विकास भएको थियो । त्यसैले मैले मेहनत गर्दैगए – हरेक सिढिहरु एकएक गरि पार गर्दै गए र ईश्वरको कृपाले मलाई यो लक्ष्यसम्म डोर्याएर ल्यायो” ।

आफ्नो सफलताको श्रेय केलाई वा कस्लाई दिनुहुन्छ?
– पुल्चोक क्याम्पसबाट ईन्जीनियरिङमा स्नातक गरेपछी अमेरिकालाई गन्तब्यको रुपमा रोज्नु नै मेरो सफलताको पहिलो खुड्किलो चढे जस्तो लाग्छ । “नेपालमै बसेको भए शायद यस विषयबारे जानकारी पनि पाउने थिएन । अमेरिका आईसकेपछी पनि सुरुको ५वर्षसम्म संघर्ष गर्नुपरेको थियो । खानबस्न तथा अध्ययन सामग्री किन्न पैसा चाहिन्थ्यो । घरबाट पैसा मगाउनु असम्भव थियो । त्यसैले कामगर्दै लगातार ५ वर्षसम्म अध्ययन गरे । कष्टकर थियो जीवन तर मैले लक्ष्यसम्म पुग्न अरु विकल्प देखिन । अरुजस्तै म पनि सहज बाटो रोज्न सक्थे तर त्यो मलाई स्विकार्य थिएन ।
भनिन्छ नि ‘होनहार दैव नटार’ । मैले सहज बाटो रोजीन र परिक्षाभन्दा अघी २ महिनासम्म दैनिक १२ घण्टासम्म प्रयोगशालामा बसेर अभ्यास गरेपछी मात्र यो प्रमाणपत्र पाउन सफल भएको थिएं” । परिश्रमका साथै मलाई पढाउनुहुने गुरुहरु तथा परिवारलाई श्रेय दिन्छु ।

नेपालमा यस्तो प्रणाली स्थापना गर्न तथा नेपालमा थप योगदान दिन के कस्तो योजना छ?
– यो व्यत्तिगत स्तरबाट गरिने विषय हैन । नेपाल सरकारको तर्फबाट नै ठोस योजना सहित आवस्यक बजेटको व्यवस्था भए दक्षहरुको एउटा टोली नै गठन गरि गृहकार्य गर्ने हो भने सम्भव छ । सुचना प्रविधिमा अझैपनि नेपाल बामे सर्दै छ । त्यसैलेनेपालकोलागि यो निकै फलदायी हुन सक्छ । नेपालमा विज्ञको अभावमात्र नभई सुचना प्रविधिको विकासको विषयमा सरकारको ध्यान अझैपनि पुगेको देखिदैन । नत्र सुचना प्रविधि जनशक्ति उत्पादन मात्र नभई हरेक दृष्टिकोणले विश्वशक्ति बन्ने प्रतिसपर्धामा रहेको भारत र चिनको बिचमा अवस्र्थीत नेपालले निकै लाभ लिनसक्ने सम्भावना छ । तर यसकोलागि ठोस योजना सहित विभिन्न देशसँग सहकार्य तथा राजनितिक अवरोध रहित वातावरण आवस्यक छ ।
नेपालमा बसेर तपाईजस्तै सपना देखिरहेका युवाहरुलाई के भन्न चाहनुहुन्छ?
– व्यक्तिगत रुपमा नेपालबाट पनि यस्तो विषय अध्ययनकालागि तालिम दिने तयारि गर्दै छु । चौतर्फी सहयोग पाए सफल पनि हुने मेरो विश्वास छ । विश्वको जुनसुकै कुनामा बसेर सपना देखेपनि कडा परिश्रम नगरि सफलता हात पार्न सकिदैन । सहि गन्तब्य रोजेर निरन्तर अभ्यास एउटा मात्र बाटो हो । यहाँसम्मको भोगाई तथा अवसरहरुको सम्पुर्ण विवरण सहित एउटा किताब प्रकाशित गर्दैछु । यसै वर्षको अन्त्यमा आउने उत्त किताब मार्फत मैले यस विषयबारे प्रकास पार्नुकासाथै मेरो भावी योजनाहरु पनि सार्वजनिक गर्नेछु ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१४ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१४ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१४ फाल्गुन २०७६, बुधबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१४ फाल्गुन २०७६, बुधबार
Next Post
सामान्य वर्षाका कारण बर्दिवास –जलेश्वर जाने बाटो अवरुद्ध

सामान्य वर्षाका कारण बर्दिवास –जलेश्वर जाने बाटो अवरुद्ध

सिरहाको लहानमा अबैध सुन लागु औषध सहित ३ युवा  पक्राउ

सिरहाको लहानमा अबैध सुन लागु औषध सहित ३ युवा पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh