Advertisement
ताजा खबर

तेस्रो लहर रोकथाम गर्न सरकारद्वारा एक महिने आदेश जारी

प्रतिक्षा खबर
२०७८ माघ १, शनिबार १८:०९

रामगाेपालपुर, माघ १ गते
कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि सरकारले एक महिने आदेश जारी गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।
कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेकाले नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिन नदिन आगामी माघ मसान्तसम्म सार्वजनिकस्थलमा भीड गर्न निषेध, आमसभा, जुलुस र सभा सम्मेलनमा प्रतिबन्ध, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एक पटकमा २५ जनाभन्दा बढी जान नपाइने जस्ता निर्णय भएको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताइन्।
मन्त्रिपरिषद्को आदेशमा सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गराउन पनि मातहत निकायलाई निर्देशन गरिएको छ।
मन्त्रिपरिषद्ले विद्यालय र कलेजका पठनपाठन भर्चुअल माध्यमबाट अघि बढाउने निर्णय पनि गरेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर