Advertisement
ताजा खबर
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

☰

चैतमा स्थानिय निर्वाचनः निर्वाचन आयुक्त थपलिया

प्रतिक्षा खबर
२०७८ भाद्र १३, आईतवार ०५:०८

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो चैतमा स्थानिय तहको निर्वाचन हुने बताएका छन् । मन्थली नगरपालिका–१ बसपार्कमा निर्माण भएको भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले आउँदो माघमा राष्ट्रिय सभा, चैतमा स्थानीय तह र १५ महिनापछि प्रदेश र संघिय निर्वाचन गर्नका लागि आयोगले कार्यसूची बनाई सकेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालमा निर्वाचन महँगो हुँदै गएको भन्ने गुनासो बढेकाले निर्वाचन खर्च कम गर्न सबैले आ–आफ्नो ठाउवाट सामाजिक सचेतनाको कार्यक्रम गर्नुपर्ने बताए । राजनीतिक दलका नेता र नागरिकले नैतिकता र इमान्दारिता देखाए विगतका निर्वाचनमा देखापरेको गलत कामलाई निस्तेज गर्न सकिने भन्दै सबै नागरिक सचेत हुनु पर्ने बताए । निर्वाचन प्रणालीकै कारण निर्वाचन महँगो नभएको भन्दै निर्वाचन आचरसहिँता कार्यन्व्यन गराउने जिम्मेवारी नागरीकको पनी भएकोले नागरिकले पनी निर्वाचन आयोगलाई साथ दिन पर्ने बताए ।
भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले सबै नागरिकलाई मतदानमा सहभागी गराउनु नै निर्वाचन आयोगको मुख्य चुनौती रहेको समेत बताएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै थपलियाले मतदानमा सहभागी हुन मतदाता नामावलीमा नाम लेखाउन सबैलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले जो जहाँ बसोबास गरिरहेको छ, त्यहीँबाट मतदाता नामावलीमा नाम समावेश गर्न प्रक्रिया अगाडी बढाइसकेको भन्दै राजनीतिक दलका नेता र नागरिकले नैतिकता र इमान्दारिता देखाए विगतका निर्वाचनमा देखापरेका गलत कामलाई निस्तेज गर्न आग्रह गरे । सात वर्षमा निर्माण सम्पन्न भएको निर्वाचन कार्यालय भवनलाई तीन करोड ११ लाख ७६ हजार ८सय ७७ रुपैयाँ खर्च लागेको जिल्ला निर्वाचन अधिकारी शम्भु कटुवालले जानकारी दिए । निर्वाचन आयोगका ७७ वटै जिल्लामा कार्यालय छन् । तर आफ्नै भवन भएको रामेछाप २३ औं जिल्लामा पर्दछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर