Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

दुई पालिका प्रमुखसहित १४ जनालाई कारबाही

प्रतिक्षा खबर
२०८२ फाल्गुन ११, सोमबार १७:५८

जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १४ जनालाई कारबाही
 जनता समाजवादी पार्टी नेपालले महोत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख र पिपरा गाउँपालिका अध्यक्षसहित १४ जनालाई कारबाही गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभाका अधिकारिक उम्मेदवारको पक्षमा नकारात्मक गतिविधि गर्ने जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र पिपरा गाउपालिका अध्यक्ष राम जानकी यादवसहित १४ जना नेता तथा कार्यकर्तालाई पार्टी विधान उल्लंघन गरेको भन्दै निष्कासन गरेको छ ।

पार्टी जिल्ला समिति महोत्तरीले जारी गरेको प्रेस विज्ञप्तिमा यो निर्णय तत्काल लागू हुने जानकारी दिएको छ । पार्टीले उम्मेदवारको चुनाव चिन्ह छाता छापमा मोहर लगाएर विजयी बनाउने उद्देश्यमा सम्पूर्ण नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई हार्दिक समर्थन र सहकार्यको लागि आह्वान गरेको छ ।

पार्टीको अधिकारिक उम्मेदवारविरूद्ध गतिविधि गर्ने ती नेताहरूलाई पहिलो पटक माघ १९ र अन्तिम पटक फागुन ८ मा सचेत गराइएको थियो । निष्कासन गरिएका नेताहरूमा कुशेश्वर सिंह, कुमरकान्ता, शेष जाली, सविता कुमारी देवी, रामनन्दन यादव, मोजिम राइन, सुरेश साह सोनार, संतोष साह, रामजानकी यादव, रामप्रकाश यादव, शम्भु यादव, राहुल पाण्डेय, श्याम यादव र हरि नारायण मण्डल रहेका छन् ।

यससँगै, श्याम यादव र हरि नारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा र पिपरा गाउपालिकाकि उपाध्यक्ष वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनको लागि सिफारिस गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायले जारी गरेको विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र हितको रक्षा गर्दै आगामी निर्वाचनमा सबैले पार्टी उम्मेदवारको समर्थन गर्नुपर्ने उल्लेख छ ।

यसअघि पनि माघ १४ गते जसपा नेपालले पूर्वमन्त्रीसहित आठ जनालाई कारबाही गरेको थियो । प्रतिनिधि सभा चुनावमा पार्टीको नीति तथा निर्णय विपरित पार्टीको आधिकारिक उम्मेदवारहरूविरूद्ध उम्मेदवारी दिएको भन्दै जसपा नेपालले पूर्वमन्त्री हरिनारायण यादव, प्रदिप यादव (पर्सा), चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरूल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी)लाई कारबाही गरेकाे थियाे।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर