Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा

प्रतिक्षा खबर
२०८३ कार्तिक ८, शनिबार २१:५१

जनकपुरधाम। जनकपुरधाममा कार्यरत पत्रकार ध्रुव झामाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि घटनाको निन्दा गरिएको छ। पत्रकारमाथि भएको भनिएको आक्रमणप्रति स्थानीय सञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तिहरूले चिन्ता व्यक्त गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

Oplus_16908288

प्राप्त विवरणअनुसार, जनकपुरधामको एक सार्वजनिक स्थानमा पत्रकार झा उपस्थित रहेका बेला एक युवाले महादेवको नाम लिएको विषयलाई लिएर विवाद सुरु गरेका थिए। सो क्रममा ती युवाले धार्मिक विषयलाई लिएर अभद्र टिप्पणी गर्दै पत्रकार झामाथि हातपात गरेको पत्रकार झा ले बताइएको छ।कुटपिट गर्ने युवा मुस्लिम समुदायकाे रहेकाे छ ।ती युवकले महादेवकाे नाम न लिइ अल्लाहकाे नाम लिन भनी धमकि दिएका छन ।युवकले धम्की दिदै भन्ने याे जनकपुर नगरी अल्लाहकाे निगरानीमा चलिरहेकाे छ यहाँ महादेवकाे नाम लिनु पर्दैन भन्नि धम्की दिएका छन ।
प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै सार्वजनिक विवरणमा ती युवाले धार्मिक आस्थासँग सम्बन्धित आपत्तिजनक अभिव्यक्ति दिएको उल्लेख गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण, कुटपिटमा संलग्न व्यक्तिको पहिचान र घटनाक्रमबारे सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ।

घटनामा संलग्न भनिएका व्यक्तिको पहिचान खुलेपनी सार्वजनिक गर्न सकेको छैन। पत्रकारमाथि भएको भनिएको कुटपिटप्रति सञ्चारकर्मीहरूले आपत्ति जनाउँदै पत्रकारको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषी पाइएकालाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
पत्रकारमाथि हुने कुनै पनि प्रकारको हिंसा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको चुनौती भएको भन्दै घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र अपुष्ट विवरणका आधारमा कुनै समुदायप्रति द्वेष फैलिन नदिन घटनाको सत्यतथ्य सार्वजनिक गर्नु आवश्यक छ। प्रहरीले अनुसन्धान अघि बढाएको र दोषीको कार्यवाहीकाे माँग जाेडताेडले उठन थालेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर