Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

प्रतिक्षा खबर
२०८३ कार्तिक ७, शुक्रबार १९:५२
नागेन्द्र कुमार 

साेनमा ।
महोत्तरीको सोनमा गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्न थालेको छ । यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि डा. अशोक कुमार यादवको नाम जोडतोडले चर्चामा आएको छ ।

पेशाले चिकित्सक (डाक्टर) रहेका यादव लामो समयदेखि स्थानीय स्तरमा स्वास्थ्य सेवाका साथै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् । चिकित्सक जस्तो प्रतिष्ठित पेशामा रहेर पनि निरन्तर समाजसेवामा लीन हुने भएकाले स्थानीय नागरिकहरूमाझ उनको बलियो पकड बनेको छ । स्थानीय बासिन्दाका अनुसार उनी एक कुशल, इमानदार र बौद्धिक युवा नेताको रूपमा परिचित छन् ।

“डा. यादवले पेशागत दायित्वसँगै समाजका हरेक सुख-दुःखमा पुर्‍याउनुभएको योगदान प्रशंसनीय छ,” एक स्थानीयले भने, “सोनमाको समग्र विकास र परिवर्तनका लागि उहाँ जस्तो सक्षम र युवा नेतृत्वको खाँचो छ ।”

गाउँपालिकामा स्थापित पुराना राजनीतिक दलहरूप्रति नागरिकको असन्तुष्टि बढिरहेका बेला रास्वपाको ‘घण्टी’ चिह्न र डा. यादवको स्वच्छ छविका कारण यो पटक सोनमामा चुनावी नतिजा रास्वपाको पक्षमा पार्न सहज हुने स्थानीय बुद्धिजीवीहरूको विश्लेषण छ । युवा वर्ग र सर्वसाधारणमाझ लोकप्रिय रहेका डा. यादवको उम्मेदवारी चर्चाले यतिबेला सोनमा गाउँपालिकाको चुनावी माहौललाई थप रोचक बनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर