Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

प्रदेश २ मा विपक्षी दलद्वारा संसद बैठक अवरुद्ध

प्रतिक्षा खबर
२०७८ जेष्ठ २५, मंगलवार २०:४८

२५ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठक मंगलबार विपक्षी दलले अवरुद्ध गरेका हुन् ।
विपक्षी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।
बैठक प्रारम्भ हुनासाथ नेकपा एमालेका सांसद सुन्दरबहादुर विकले सांसदको सिफारिस र परामर्शमा सशर्त अनुदान स्थानीय तहमा पठाउनुपर्नेमा मनोमानी तरिकाले पठाइएको बताए । उनले यो निर्णय नसच्याएसम्म अबरुद्ध रहने बताए ।
कांग्रेस सांसद वीरेन्द्रकुमार सिंहले मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बताए । नेकपा माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि यसलाई सच्याउनुपर्ने बताए ।
बैठक सुचारु राख्न सभामुख सरोजकुमार यादवले आग्रह गरे पनि नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने बताए ।
प्रदेशमा पछिल्लो पटक कांग्रेस र माओवादीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । तर सशर्त अनुदानको योजनालाई लिएर विवाद देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर