Advertisement
ताजा खबर
अनुचित लेनदेनमा साह पक्राउ, सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन जनकपुरधाममा ८ करोड मूल्यको जग्गा विवाद : ३० लाख ऋणको धितो राखेको साढे पाँच कठ्ठा जग्गा १० वर्षदेखि फिर्ता नपाएको पीडित परिवारको गुनासो कमला नदीमा भूत मेला सुरु, बिहानैदेखि श्रद्धालु र धामीझाँक्रीको घुइँचो स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला

☰

२१ किलो बढी अफिमसहित २ जना पक्राउ

प्रतिक्षा खबर
२०८२ बैशाख २२, सोमबार २१:३५

२१ किलो बढी अफिमसहित २ जना पक्राउ

गुलरिया : बर्दियामा २१ किलो बढी अफिमसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका-७ का ३७ वर्षीय भक्तबहादुर शाही र चितवनको राप्ती नगरपालिका-११ आरपानीका  २७ वर्षीय कुमार वाइबा रहेका छन्।

लागुऔषध अफिम लुकाई छिपाई नेपालगन्ज तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले बर्दियाको बाँसगढी नगरपालिका-१ चेपाङ स्थित रत्नमार्ग सडकखण्डबाट पक्राउ गरेको हो।

लु ८० प १४६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक शाही र सोही मोटरसाइकलमा सवार वाइबालाई अफिमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले बताए।

चेकजाँचका क्रममा कालो प्लाष्टिकको झोला भित्र २२ वटा पोका बनाइएको २१ केजी ५६७ ग्राम अफिम फेला परेको थियो।

बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर