Advertisement
ताजा खबर
महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते

☰

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

प्रतिक्षा खबर
२०७७ माघ ९, शुक्रबार १९:४४

जनकपुर
पिछडावर्ग ओबिसी महासभाले यही माघ १० देखि १२ गतेसम्म प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा हुने राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको छ । महाधिवेशनले पहिचान, अधिकार र सम्मानको लागि नागरिकतालगायतका एजेण्डा तय गर्ने जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुग्ने बताएका छन् ।
अध्यक्ष महतोले जनकपुरधामस्थित पिछडार्गको केन्द्रिय कार्यालयमा महाधिवेशन तयारी सम्बनधमा जानकारी दिँदै जनकपुरधाम उघोग बाणिज्य संघमा माघ १० गते खुला सभा (उदघाटन), ११ गते निर्वाचनका कार्यक्रम र १२ गते सामेबार महाधिवेशन समापन घोषणा तथा पत्रकार सम्मेलनको कार्यक्रम रहेको जानकारी गराए ।
महाधिवेशनले हिजोको कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३४ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गर्ने छ । महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाबाट २ सय ५५ जना महाधिवेशन प्रतिनिधि सहभागि हुनेछ र पर्येवक्षक आमाणत्रित गरि लगभग ५ सय जनाको उपस्थिति रहने अध्यक्ष महतोले बताए ।
महाधिवेशन प्रतिनिधिहरुका लागि बासस्थान तथा खानपानलगायत सम्पूर्ण बन्दोबस्त भइसकेको जानकारी दिँदै अध्यक्ष महतोले महाधिवेशनमा अथितिको रुपमा निम्त्याउन छुटेका र पिछडावर्गमा पर्ने जातजातिलाई कार्यक्रममा उपस्थिति भइदिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर