Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

बंगलादेशमा धार्मिक तनाव रोक्न मन्दिर पुगे युनुस

प्रतिक्षा खबर
२०८१ श्रावण ३२, शुक्रबार १३:४८

३० साउन, काठमाडौं। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै सत्ता परिवर्तनसम्म पुग्दा राजनीतिक एजेन्डासँगै कतिपय धार्मिक–सांस्कृतिक तनावहरु पनि देखिन थालेका छन् ।

प्रदर्शनकारीले बहिर्गमित शेख हसिना वाजेदको अवामी लिगका कार्यकर्ता, नेताले खोलेका होटल, उनीहरुका निवासहरुमा आक्रमण गरेका थिए। यसरी निशाना बनाउने क्रममा अल्पसंख्यक हिन्दुहरुका निवास र व्यक्ति पनि उनीहरुको तारो बन्न पुगेका छन् ।

ढाकाबाट प्रकाशित हुने डेली स्टार पत्रिकाका अनुसार मंगलबार राति पनि एक स्थानीयलाई आक्रमण गरिएको थियो । सीमावर्ती ठाकुरगाउँ लगायत क्षेत्रमा यसअघि पनि केही घटना भइरहेको उसले खबर दिएको छ । अरु देशमा भएका धार्मिक तनावका भिडियोहरु यही बेला बंगलादेशको भन्दै भाइरल गराउने क्रम पनि बढेको छ ।

बंगलादेशमा यस्ता घटनाहरुबीच त्यसले दंगाको स्वरुप भने लिन पाएको छैन । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले बुधबार राजधानी ढाकाको ढाकेश्वरी मन्दिरमा पुगेर बंगलादेशमा सबै नागरिक बराबर रहेको भन्दै सबैलाई राज्यले बराबर संरक्षण गर्ने बताए ।

‘तपाईंहरु सबै बंगलादेशी हो, मुस्लिम, हिन्दू, बौद्ध वा कुनै धर्म समुदायका आधारमा विभेद हुँदैन,’ युनुसले मन्दिर परिसरमा भने, ‘राज्यले तपाईंहरुको पूरा संरक्षण गर्छ । कुनै क्षति हुनुहुँदैन । हामी अहिलेको आक्रोशलाई संस्थागत व्यवस्थापनमार्फत् सम्बोधन गर्दैछौं । भावनात्मक कुरा नभड्काऔं।

तीन महिना लामो आन्दोलनपछि अघिल्लो साता बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदले देश छाड्ने निर्णय लिएकी थिइन् । त्यस यता अन्तरिम सल्लाहकार परिषद्ले मन्त्रिमण्डल चलाइरहेको छ । बंगलादेशमा हसिनाको डेढ दशक लामो सत्ता ढले पनि अगाडिको बाटो स्पष्ट भइसकेको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर