Advertisement
ताजा खबर
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ

चैतमा स्थानिय निर्वाचनः निर्वाचन आयुक्त थपलिया

प्रतिक्षा खबर
२०७८ भाद्र १३, आईतवार ०५:०८

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आउँदो चैतमा स्थानिय तहको निर्वाचन हुने बताएका छन् । मन्थली नगरपालिका–१ बसपार्कमा निर्माण भएको भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले आउँदो माघमा राष्ट्रिय सभा, चैतमा स्थानीय तह र १५ महिनापछि प्रदेश र संघिय निर्वाचन गर्नका लागि आयोगले कार्यसूची बनाई सकेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालमा निर्वाचन महँगो हुँदै गएको भन्ने गुनासो बढेकाले निर्वाचन खर्च कम गर्न सबैले आ–आफ्नो ठाउवाट सामाजिक सचेतनाको कार्यक्रम गर्नुपर्ने बताए । राजनीतिक दलका नेता र नागरिकले नैतिकता र इमान्दारिता देखाए विगतका निर्वाचनमा देखापरेको गलत कामलाई निस्तेज गर्न सकिने भन्दै सबै नागरिक सचेत हुनु पर्ने बताए । निर्वाचन प्रणालीकै कारण निर्वाचन महँगो नभएको भन्दै निर्वाचन आचरसहिँता कार्यन्व्यन गराउने जिम्मेवारी नागरीकको पनी भएकोले नागरिकले पनी निर्वाचन आयोगलाई साथ दिन पर्ने बताए ।
भवनको उद्घाटन गर्दै निर्वाचन आयुक्त थपलियाले सबै नागरिकलाई मतदानमा सहभागी गराउनु नै निर्वाचन आयोगको मुख्य चुनौती रहेको समेत बताएका छन् । रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै थपलियाले मतदानमा सहभागी हुन मतदाता नामावलीमा नाम लेखाउन सबैलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले जो जहाँ बसोबास गरिरहेको छ, त्यहीँबाट मतदाता नामावलीमा नाम समावेश गर्न प्रक्रिया अगाडी बढाइसकेको भन्दै राजनीतिक दलका नेता र नागरिकले नैतिकता र इमान्दारिता देखाए विगतका निर्वाचनमा देखापरेका गलत कामलाई निस्तेज गर्न आग्रह गरे । सात वर्षमा निर्माण सम्पन्न भएको निर्वाचन कार्यालय भवनलाई तीन करोड ११ लाख ७६ हजार ८सय ७७ रुपैयाँ खर्च लागेको जिल्ला निर्वाचन अधिकारी शम्भु कटुवालले जानकारी दिए । निर्वाचन आयोगका ७७ वटै जिल्लामा कार्यालय छन् । तर आफ्नै भवन भएको रामेछाप २३ औं जिल्लामा पर्दछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर