Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पेनकिलर र मल्टिभिटामिनसहित १५६ औषधिमाथि प्रतिबन्ध

प्रतिक्षा खबर
२०८१ भाद्र ७, शुक्रबार २१:२७

नयाँ दिल्ली । भारतको केन्द्र सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । यीमध्ये कयौं औषधि तपाईंको घरमा पनि हुनसक्छ । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि छन् । एउटै चक्कीमा एक भन्दा धेरै औषधि पाइने यी औषधिलाई फिक्स्ड–डोज कम्बिनेसन (एफडीसी) भनिन्छ । यी औषधिलाई अर्को शब्दमा ककटेल औषधि पनि भनिन्छ ।

औषधि बनाउने कम्पनीहरूले प्रतिबन्धको आर्थिक प्रभावबारे अहिलेसम्म घोषणा गरेका छैनन् । प्रतिबन्धमा परेका धेरैजसो ककटेल औषधिलाई सन् १९८८ भन्दा अगाडि नै उत्पादनको अनुमति दिइएको थियो । प्रतिबन्धमा पर्नेमा सिप्ला, टोरेन्ट, सन फार्मा, आईपीसीए ल्याब्स र लुपिन जस्ता ठूला फार्मा कम्पनीका उत्पादन पनि छन् ।

सरकारले जारी गरेको राजपत्र सूचना अनुसार यी १५६ थरी ककटेल औषधिको सेवनले मानव शरीरमा जोखिम छ । प्रतिबन्ध लगाइएको औषधिको सुरक्षित विकल्प उपलब्ध रहेको बताइएको छ । यस विषयमा केन्द्रद्वारा नियुक्त विज्ञ समितिले छानबिन गरेको थियो ।

यस क्रममा समितिले ती एफडीसीलाई तर्कहीन ठहर गर्यो । औषधि प्राविधिक सल्लाहकार बोर्ड (डीटीएबी)ले पनि परीक्षण गरेर यी ककटेल औषधिको मेडिकल साइन्सको हिसाबले कुनै औचित्य नरहेको स्पष्ट पारेको थियो ।  औषधि निर्माता कम्पनीहरूले प्रतिबन्धको जाँच गरिरहेको बताइएको छ ।

सूचीमा परेका केही औषधि यस्ता छन्

प्रतिबन्धमा परेको एउटा एन्टिबायोटिक एजिथ्रोमाइसिन र एडापलेन मिलाएर एक्ने उपचारका लागि बनाइएको औषधि हो । यो सूचिमा एसेक्लोफेनाक ५० एमजी + प्यारासिटामोल १२५ एमजी पनि छ । यो ठूला फर्मा कम्पनीले बनाएको लोकप्रिय पेनकिलर औषधि हो । यस सूचीमा प्यारासिटामोल + पेन्टाजोसिन पनि समावेश छ । यो पनि दुखाइ कम गर्न प्रयोग गरिने औषधि हो । सूचीमा लेवोसेटिरिजिन र फेनिलेफ्राइन मिलाएर बनाइएको औषधि छ । यो सूचिमा रहेको अर्को औषधि भने म्याग्नेसियम क्लोराइड, प्यारासिटामोल, ट्रामाडोल, टोरिन र क्याफिन मिलाएर बनाइएको औषधि हो । प्रतिबन्धको सूचीमा केही यस्ता औषधि पनि छन् जुन धेरै औषधि कम्पनीहरूले पहिले नै उत्पादन बन्द गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर