Advertisement
ताजा खबर
सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र

☰

सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

प्रतिक्षा खबर
२०८३ कार्तिक ६, बिहीबार २०:०७
सोनमा (महोत्तरी) । महोत्तरीको सोनमा गाउँपालिका शिक्षा शाखाको आयोजनामा विजया दशमी, दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा एक परिचयात्मक एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। सोनमा गाउँपालिकाको सभाहलमा कार्तिक ५ गते आयोजित उक्त विशेष कार्यक्रममा गाउँपालिकाअन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई विभिन्न आवश्यक सामग्रीहरू वितरण गरिएको छ।

Oplus_16908288

गाउँपालिकाले आफ्ना मातहतका शिक्षक तथा कर्मचारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले झोला, रेनकोट, छाता र विद्यालयहरूका लागि इलेक्ट्रोनिक घण्टी वितरण गरेको हो। शिक्षा शाखाले उपलब्ध गराएको विवरण अनुसार कार्यक्रममा ९१ जना स्थायी शिक्षक, ३४ जना गाउँ शिक्षक, ४५ जना बालविकास सहजकर्ता, ६ जना विद्यालय कर्मचारी, १७ जना विद्यालय सहयोगी तथा ९ जना संघीय शिक्षण अनुदान शिक्षक गरी कुल २०० भन्दा बढीलाई उक्त सामग्रीहरू हस्तान्तरण गरिएको थियो।

Oplus_16908288

शिक्षा शाखा प्रमुख राजकुमार साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष यादवले सोनमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले विद्यालयहरूको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तरमा सुधार तथा शिक्षक र विद्यार्थीका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न गाउँपालिका निरन्तर लागिपरेको उल्लेख गर्नुभयो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर