Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नेदरल्याण्ड्सविरुद्ध नेपालको सन्दार जित,नेपालका दुई खेलाडीले बनाए कीर्तिमान

प्रतिक्षा खबर
२०७८ बैशाख ४, शनिबार २१:२६

काठमाडौं, ४ वैशाख : आजदेखि काठमाडौंमा सुरू भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ ।
नेदरल्याण्डुसले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । कुशलले ४६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रन बनाए ।योसँगै उनले डेब्यू म्याचमै कम बलमै अर्धशतक बनाउने कीर्तिमानसमेत बनाएका छन् । कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।त्यस्तै, अर्का ओपनर शेखले ३८ बलमा चार चौका चार छक्कासहित अविजित ५४ रन बनाए । उनको पनि यो डेब्यू म्याच हो ।आशिफ र कुशलबीच पहिलो विकेटका लागि ११६ रनको साझेदारी बन्यो । योसँगै उनीहरूले पारस खड्का र ज्ञानेन्द्र मल्ललको कीर्तिमान भंग गरेका छन् ।यसअघि टी–२० मा नेपालको तर्फबाट पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रबीच १०८ रनको साझेदार बनेको थियो । उनीहरूको सो कीर्तिमान आज कुशल र आशिफले भंग गरेका छन् ।नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिए ।बलिङमा जुलियनडे मेले एक विकेट लिए ।
त्रिवि मैदानमा टस हारेर ब्याटिङको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो ।उसका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।बलिङमा सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए ।उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे । त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर