Advertisement
ताजा खबर

२२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता

प्रतिक्षा खबर
२०८१ भाद्र १६, आईतवार ०८:१४

मस्को । रुसको पूर्वी क्षेत्रमा पर्ने कामचाट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको छ । यो हेलिकप्टरमा पर्यटक सवार रहेका थिए । यो प्राचीन वाचकाजेट्स ज्वालामुखीबाट उडेको केही समयपछि रडारबाट गायब भएको रुसी सञ्चारमाध्यमले जानकारी दिएका छन्। यो क्षेत्र यसको सुन्दर वन दृश्यहरूका लागी परिचित छ।

रुसी अधिकारीहरूले यस क्षेत्रमा बाक्लो कुहिरो र खराब मौसमले हेलिकप्टरको खोजीमा बाधा पुर्‍याएको बताएका छन् । रुसको सुदूर पूर्वी क्षेत्रमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । यहाँ जनसङ्ख्या कम छ र मौसम पनि खराब रहन्छ।

तीन वर्षअघि खराब मौसमका कारण कामचट्कामा हेलिकप्टर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर