Advertisement
ताजा खबर
चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ
चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ
☰

चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

प्रतिक्षा खबर
२०८३ आश्विन २१, बुधबार २२:०८

गोपाल झा , महोत्तरी, असोज २१ गते ।

दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै महोत्तरी जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चाडपर्वलक्षित एकीकृत विशेष सुरक्षा नीति सार्वजनिक गर्दै तत्काल कार्यान्वयनमा ल्याइएको जानकारी दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार एकीकृत सुरक्षा योजनाअन्तर्गत महोत्तरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी कुल १ हजार ३३१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँका अनुसार नेपाल प्रहरीका ७४७ जना र सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका ५८४ जना सुरक्षाकर्मी चाडपर्व अवधिभर जिल्लाका विभिन्न स्थानमा परिचालन हुनेछन् ।

चाडपर्वका बेला नेपाल–भारत सीमाबाट हुने अवैध आवतजावत तथा चोरी–पैठारी नियन्त्रणलाई सुरक्षा योजनामा विशेष प्राथमिकता दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार सीमा क्षेत्रमा २४ घण्टा पिकेट, चेकपोइन्ट तथा संयुक्त गस्ती सञ्चालन गरिएको छ । सीमा नाकाबाट हुने गैरकानुनी आवतजावत, अवैध पटाका तथा अन्य प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रणमा विशेष निगरानी बढाइएको छ । पूर्व–पश्चिम लोकमार्ग तथा जिल्लाका भित्री सडकमा समेत आकस्मिक चेकिङ र मोबाइल गस्ती परिचालन गरिएको प्रशासनले जनाएको छ ।

चाडपर्वका बेला बजारमा सर्वसाधारणको चाप बढ्ने र आर्थिक कारोबारसमेत बढ्ने भएकाले बजार क्षेत्र, बैंक तथा वित्तीय संस्थामा सुरक्षा निगरानी बढाइएको छ ।

यसका लागि पैदल गस्ती तथा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । संवेदनशील क्षेत्रमा राष्ट्रिय अनुसन्धान विभागले विशेष सूचना सङ्कलन गरिरहेको छ । परिस्थितिको आवश्यकता र सुरक्षा मूल्याङ्कनका आधारमा नेपाली सेनालाई समेत रणनीतिक प्रतिष्ठानको सुरक्षा तथा स्कर्टिङलगायतका कार्यमा परिचालन गर्न समन्वय गरिएको प्रशासनले जनाएको छ ।

चाडपर्वमा घर फर्किने तथा बाहिर जाने यात्रुको संख्या बढ्ने भएकाले यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै मुख्य बसपार्क तथा सीमानाकामा सहायता कक्ष र हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रजिअ यादवले जानकारी दिनुभयो ।

यात्राका क्रममा समस्या परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थालाई तत्काल सम्बोधन गर्ने गरी व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

दुर्गापूजा, मेला तथा मूर्ति विसर्जनका कार्यक्रमलाई व्यवस्थित बनाउन पूर्वस्वीकृत रुट र समयतालिका अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । भीडभाडका कारण सडक अवरुद्ध हुने, सवारी आवागमन प्रभावित हुने तथा सुरक्षा चुनौती सिर्जना हुन सक्ने भएकाले सम्बन्धित आयोजक तथा समितिलाई प्रशासनले निर्धारित मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

त्यस्तै चाडपर्वको समयमा आगलागी, सडक दुर्घटना, डुबान वा अन्य आकस्मिक विपद् हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय तहका दमकल, एम्बुलेन्स तथा विपद् उद्धार टोलीलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । आकस्मिक घटना भएमा सुरक्षा निकाय, स्थानीय तह र उद्धार संयन्त्रबीच तत्काल समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाउने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशासनका अनुसार एकीकृत सुरक्षा योजनाको मुख्य उद्देश्य चाडपर्व अवधिभर नागरिकको जीउधनको सुरक्षा, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा यात्रु ठगी रोक्नु हो ।

त्यसैगरी दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्दै कालोबजारी, कृत्रिम अभाव तथा अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न समेत सम्बन्धित निकायबीच समन्वय गरिने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले चाडपर्वको नाममा हुने गैरकानुनी गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।  उहाँले अवैध पटाका, भुइँचम्पा तथा आतिशबाजी जस्ता बिस्फोटक पदार्थ नल्याउन र बिक्री–वितरण नगर्न, सडकमा डोरी टाँगेर जबर्जस्ती चन्दा नउठाउन, जुवातास नखेल्न तथा मदिरा सेवन गरी सार्वजनिक शान्ति भङ्ग नगर्न नागरिकलाई अपिल गर्नुभएको छ ।

त्यसैगरी सामाजिक सञ्जालमार्फत साम्प्रदायिक विद्वेष फैलाउने, उत्तेजना सिर्जना गर्ने वा सामाजिक सद्भावमा खलल पार्ने गतिविधि नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।

यता चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने भएकाले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न समेत प्रशासनले आग्रह गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने कार्यलाई नियन्त्रण गर्न सडकमा चेकिङ तथा निगरानी बढाइएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सुरक्षा निकायलाई मात्र नभई नागरिकको समेत महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । उहाँले जिल्लामा कुनै शङ्कास्पद गतिविधि, वस्तु वा व्यक्ति देखिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।  प्रशासनले आपत्कालीन सेवाका लागि प्रहरी कन्ट्रोल १००, विपद् सहायता १२३४, एम्बुलेन्स १०२ र दमकल १०१ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

जिल्ला सुरक्षा समितिले चाडपर्वका अवसरमा नागरिकले निर्भीक भएर पर्व मनाउन सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सुरक्षा संयन्त्रलाई सक्रिय बनाएको जनाएको छ । सुरक्षा योजना प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी, बजार व्यवस्थापन समिति, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजक र सर्वसाधारणबीच निरन्तर समन्वय आवश्यक रहेको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर