Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

प्रतिक्षा खबर
२०८३ भाद्र २०, शनिबार १५:०७

२० भदौ, काठमाडौं । भोटेकोशीमा बाढी आएको १० औं र ११ औं दिनमा गरी जलविध्युतको सुरुङ र बाढीले क्षति पुर्‍याएको घरबाटगरी हालसम्म चार जनाको जीवितै उद्धार भएको छ ।

१० औं दिनमा हिजो त्रिशुली ३ एबाट दुई जनाको उद्धार भएको थियो । आज शनिबार अपर त्रिशुली १ बाट एक चिनियाँ नागरि र बेत्रावतीमा आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार भएको हो । नुवाकोट बिदुर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्सपेक्टर सुमन बिकको कमान्ड टोलीले उद्धार गरेको हो।

हिजो शुक्रबार त्रिशूली ३ एबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो ।

सुरुङको ट्रयापमा परेका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ । दिन लम्बिँदै जाँदा चिन्ता बढ्दै  भए पनि हाल सम्म चार जानाको उद्धारले आशाको सञ्चार गरेको छ ।

भोटेकोशी बाढी प्रभावति क्षेत्रका सबै जलविद्युत आयोजनाहरूमा काम भइरहेको थियो ।त्यस मध्ये आधा भन्दा बढी आयोजनाको सुरङमा काम भइरहेको थियो ।

त्यसैले सुरङमा अझै धेरै मानिसहरू फसिरहेकाका छन् । तर उनीहरूको अवस्था पत्ता लगायउन सुरक्षाकर्मीहरू र प्राविधिकहरुले कोशिस गरिरहेका छन् । गृहमन्त्री सुधन गुरुङले पनि उद्धार टोलीले काम जारी राखेको जानकारी गराएका छन् ।

तर सुरुङको जटिलताका कारण धेरै स्थानमा उद्धारकर्ताहरू पुग्न सकेका छैनन् ।

सुरुङमा मात्र मानिसहरू फसिरहेको कुरा आइरहेका बेला शनिबार बाढीले बगाएका घरका संरचनाहरूभित्र पनि मानिस फसेको हुनसक्ने तथ्य बाहिर आएको छ ।

आज बाढीले क्षति पुर्‍याएको घरबाट चण्डिका श्रेष्ठको जिवित उद्धार भएपछि अन्यत्र पनि यस्तो हुनसक्ने देखिएको छ ।

बाढीका कारण रसुवा गढीदेखि धादिङको गलौंदी सम्मका घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् कति घरहरू बाढीले पल्टाएको छ ।

यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएका हुनसक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर