Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जनकपुर चुरोट कारखानाको वार्षिक घाटा १९ लाख, सञ्चित नोक्सानी ३ अर्ब

प्रतिक्षा खबर
२०७८ भाद्र १५, मंगलवार २०:०६

अच्युत पुरी
१५ भदौ, काठमाडौं । ११ वर्ष अगाडिदेखि उत्पादन बन्द गरेको जनकपुर चुरोट कारखानाले एक वर्षको अवधिमा १९ लाख रुपैयाँ घाटा बेहोरेको छ । हरेक वर्ष ६१ लाख रुपैयाँभन्दा बढी दायित्व सिर्जना गरेको यो कम्पनीले ४२ लाख रुपैयाँ आय गरेको छ । यसरी उत्पादन नै बन्द भएको कम्पनीले समेत हरेक वर्ष १९ लाख रुपैयाँ भन्दा बढीको नोक्सानी बेहोर्नु परेको पाइएको छ । यसरी हुने नोक्सानी परिपूर्ति गर्न सरकारले अतिरिक्त लगानी गर्नुपर्ने हुन्छ । बन्द गरिसकेको कम्पनीमा यसरी गरिने लगानी अनुत्पादक बनेको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नोक्सानी बेहोरेको १९ लाखसहित जनकपुर चुरोट कारखानाको सञ्चित नोक्सानी २ अर्ब ९० करोड ८८ लाख पुगेको छ ।
सम्पत्तिभन्दा सञ्चित नोक्सानी धेरै
सार्वजनिक संस्थानलाई कौडीको भाउमा बेचेको आरोप सरकारलाई लाग्छ । बिक्रीपछि समेत सो कम्पनीको सही व्यवस्थापन गर्न नजान्दा जनकपुर चुरोट कारखानामा सरकारले ठूलो नोक्सानी बेहोर्नु परेको छ ।
तथ्यांक अनुसार जनकपुर चुरोट कारखानाको सम्पत्ति २५ करोड ९७ लाख रुपैयाँ देखिएको छ । कारखानाको स्थिर सम्पत्ति २ करोड ४३ लाख, लगानी ४ करोड ९५ लाख र चालु सम्पत्ति १८ करोड ५९ लाख रुपैयाँ रहेको देखिएको छ । तर, नोक्सानी भने ३ अर्ब हाराहारी पुगेको हो ।
जनकपुर चुरोट कारखाना २०६७ सालदेखि बन्द छ । यहाँ अहिले २१ जना कर्मचारी कार्यरत छन् ।
कारखानाले अनुत्पादक क्षेत्रमा गरेको ५ करोड लगानी डुब्दै
नेपाल सरकारले मात्र होइन, स्वंम जनकपुर चुरोट कारखानाले समेत अनुत्पादक क्षेत्रमा गरेको लगानी डुब्ने देखिएको छ ।
यस्तो रकम ४ करोड ९५ लाख १४ हजार रुपैयाँ रहेको छ । जनकपुर चुरोट कारखानाले सूर्ती विकास कम्पनीमा १ करोड, बुटवल धागो कारखानामा २ करोड ९३ लाख ५५ हजार, सेती चुरोट कारखाना लिमिटेडमा १ करोड १ लाख ५९ हजार गरी कुल ४ करोड ९५ लाख १४ हजार रुपैयाँ लगानी गरेको छ ।
यसमध्ये सूर्ती विकास कम्पनी खारेजीको प्रक्रियामा छ । बुटवल धागो कारखाना र सेती चुरोट कारखाना समेत बन्द भएका कारण यी कम्पनीको शेयर मूल्य शून्यमा पुगेको छ । जसले गर्दा कम्पनीले अनुत्पादक क्षेत्रमा गएको ५ करोड लगानी डुब्ने अवस्था आएको हो ।
बजार मूल्यभन्दा निकै सस्तोमा जग्गाको मूल्यांकन
उत्पादन बन्द भएपनि अहिले पनि जनकपुर चुरोट कारखानाको भौतिक सम्पत्ती भने यथावत रहेको छ । तर, यसको मूल्यांकन निकै सस्तो गरिएको छ । तथ्यांक अनुसार कारखानाको स्वामित्वमा जनकपुरमा मात्र ३३ बिघा जमिन छ ।
महोत्तरीमा २ बिघा, पोखरामा ४ रोपनी ६ आना, पर्वतमा ३ रोपनी ९ आनासहित देशभर २१ स्थानमा जग्गा र भवन रहेको छ । तर, कारखाना व्यवस्थापनले बजार मूल्यको तुलनामा जग्गाको मूल्यांकन निकै कम देखिएको छ । जसले गर्दा कारखानाको अवस्था दयनीय देखिएको हो । वासलातमा कारखानाले जग्गाको भाउ मात्र १ करोड १० लाख रुपैयाँ देखाएको छ ।
महालेखा परीक्षक कार्यालयले वर्तमान बजार मूल्य अनुसार जग्गाको मूल्यांकन नगरेको भन्दै सचेत गराएको छ । साथै, जनकपुर चूरोट कारखानाको जग्गा प्रदेश कार्यालयलाई दिँदा समेत क्षेत्रफल र मूल्य नखुलाई हस्तान्तरण भएको प्रति प्रश्न उठेको छ ।
के हुन्छ कारखानाको अस्तित्व
११ वर्षदेखि बन्द रहेको कारखानालाई सरकारले घाटा खाएरै पालिरहेको छ । तर, कारखानाले भने उत्पादन दिन बन्द गरिसकेको छ ।
नेपाल सरकारबाट सबै कर्मचारीले अवकास समेत लिएको अवस्थामा महालेखाले जनकपुर चुरोट कारखानाको अस्तित्वबारे स्पष्ट हुन सरकारको ध्यानाकर्षण गराएको छ । कारखानाको भविष्यबारे छिटो निर्णय गरि सबै सम्पत्तिको दायित्वको अवस्था र मूल्य यकिन गरि कानूनी रुपमा गर्नुपर्ने सबै प्रक्रिया सम्पन्न गर्न र त्यसपछि कारखानाको विघटन वा खारेजीबारे निर्णय लिन समेत महालेखाले सरकारको ध्यानाकर्षण गराएको छ ।
अनलाइन डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर