अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७९/८० मा ह्याण्डपम्प÷ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत मालसामान आपूर्ति गरी गराई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मैथली, तत्कालीन लेखापाल विजयकुमार यादव र तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही रु ३६ लाख १३ हजार ३१ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

त्यसैगरी तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र सब–इन्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही रु २० लाख ४९ हजार ४५०, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादवविरुद्ध रु १५ लाख ६३ हजार ५८१ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आपूर्तिकर्तातर्फ लिला आयरन स्टोर्स, औरही–१, महोत्तरी र सोका प्रोप्राइटर विनयकुमार यादवविरुद्ध रु पाँच लाख ३४ हजार ८७६, डि.एम. जेनरल अर्डर सप्लायर्स, जलेश्वर–३, महोत्तरी र सोका प्रोप्राइटर दुधनाथ कुमरविरुद्ध रु ११ लाख ८९ हजार ४७१, श्रीराम इन्टरप्राइजेज, जलेश्वर–३, महोत्तरी र सोका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध रु दुई लाख २० हजार १९७ बिगो कायम गरिएको छ ।

यसैगरी जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स), औरही–१, महोत्तरी र सोका प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध रु सात लाख नौ हजार ६२३ तथा क्वालिटी सोलुसन कम्पनी प्रालि., बागडोल–४, ललितपुर र सोका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध रु सात लाख ११ हजार ९०० बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी लिई आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।