Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

जनकपुरकाे सडकमा पैसा फाल्ने दुबै महिला काेराेना पाेजेटिभ

प्रतिक्षा खबर
२०७७ बैशाख ६, शनिबार २०:११

जनकपुरधाम। जनकपुरधामको महावीर चोकस्थित सडकमा पैसा फालेर त्रास फैलाउने दुई महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्टमा कोरोनो पोजेटिभ देखिएको छ।
हिजो सडकमा पैसा फालेर भागेको दुईजनालाई प्रहरीले आज पक्राउ गरी आरडिटीमार्फत कोरोना परीक्षण गरिएको थियो। त्यसक्रममा दुईजनाको नतिजा पोजेटिभ देखिएको हो। उनीहरूको नमुना स‌ंकलन गरी पिसिआर विधिमार्फत परीक्षणका लागि जनकपुर पठाइएको छ।
प्रहरीले सिसिटिभी क्यामेराको फुटेजको आधारमा धनौजी गाउँपालिका ५ बहुअर्वाकी ५० वर्षीया अमुना खातुन र उनकी नन्द जनकपुरधाम ७ की ३५ वर्षीया अलिना खातुनलाई प्रहरीले पक्राउ गरेको थियो। जनकपुरधाम उपमहानगरपालिका ७ बाट पक्राउ परेका उनीहरूलाई प्रहरीले कोरोना परीक्षणका लागि प्रादेशिक अस्पताल लगेको थियो।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले पैसामा थुकेर कोरोना भाइरस फैलाउने प्रयास गरेकाले दुवैको कोरोना परिक्षण गर्न अस्पताल लगिएको जानकारी दिए। उनले भने, ‘कोरोना परीक्षणको रिपोर्टमा पोजेटिभ देखिएको छ। अहिले अनुसन्धान भइरहेको छ। उपचारसँगै कानुनी कारबाही अघि बढाउँछौँ।’
शुक्रबार दिउँसो महावीर चोकमा उनीहरूले मुख छोपेर १०, २० र सय रुपैयाँको नोटमा थुकेर फालेर भागेका थिए। भारतमा पैसाको नोट फालेर कोरोना फैलाउने प्रयास भएको थियो। त्यसकै नक्कल गर्दै सडकमा पैसाको नोट फालेकाले महावीर चोकका सर्वसधारण आतंकित बनेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर