Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

जनकपुरकाे सडकमा पैसा फाल्ने दुबै महिला काेराेना पाेजेटिभ

प्रतिक्षा खबर
२०७७ बैशाख ६, शनिबार २०:११

जनकपुरधाम। जनकपुरधामको महावीर चोकस्थित सडकमा पैसा फालेर त्रास फैलाउने दुई महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्टमा कोरोनो पोजेटिभ देखिएको छ।
हिजो सडकमा पैसा फालेर भागेको दुईजनालाई प्रहरीले आज पक्राउ गरी आरडिटीमार्फत कोरोना परीक्षण गरिएको थियो। त्यसक्रममा दुईजनाको नतिजा पोजेटिभ देखिएको हो। उनीहरूको नमुना स‌ंकलन गरी पिसिआर विधिमार्फत परीक्षणका लागि जनकपुर पठाइएको छ।
प्रहरीले सिसिटिभी क्यामेराको फुटेजको आधारमा धनौजी गाउँपालिका ५ बहुअर्वाकी ५० वर्षीया अमुना खातुन र उनकी नन्द जनकपुरधाम ७ की ३५ वर्षीया अलिना खातुनलाई प्रहरीले पक्राउ गरेको थियो। जनकपुरधाम उपमहानगरपालिका ७ बाट पक्राउ परेका उनीहरूलाई प्रहरीले कोरोना परीक्षणका लागि प्रादेशिक अस्पताल लगेको थियो।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले पैसामा थुकेर कोरोना भाइरस फैलाउने प्रयास गरेकाले दुवैको कोरोना परिक्षण गर्न अस्पताल लगिएको जानकारी दिए। उनले भने, ‘कोरोना परीक्षणको रिपोर्टमा पोजेटिभ देखिएको छ। अहिले अनुसन्धान भइरहेको छ। उपचारसँगै कानुनी कारबाही अघि बढाउँछौँ।’
शुक्रबार दिउँसो महावीर चोकमा उनीहरूले मुख छोपेर १०, २० र सय रुपैयाँको नोटमा थुकेर फालेर भागेका थिए। भारतमा पैसाको नोट फालेर कोरोना फैलाउने प्रयास भएको थियो। त्यसकै नक्कल गर्दै सडकमा पैसाको नोट फालेकाले महावीर चोकका सर्वसधारण आतंकित बनेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर