Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

मधेश प्रदेशमा नयाँ सरकार गठनतर्फ ७ दलको पहल: सोनललाई मुख्यमन्त्री बनाउने तयारी

प्रतिक्षा खबर
२०८२ मंसिर १६, मंगलवार १८:५३

मधेश प्रदेशमा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेशका संसदीय दलका नेता जयनुल राइनले जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित नयाँ सरकार गठन प्रक्रियामा सक्रिय पहल सुरु हुने बताएका छन्।

सर्वोच्च अदालतले वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको समयसीमा आज साँझ सकिँदैछ। राइनका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने सम्भावना अत्यन्त न्यून भएकाले त्यसपछिनै नयाँ विकल्पका लागि दलहरू सक्रिय हुने छन्।

राइनले भने, “मुख्यमन्त्रीजी विश्वासको मत लिन सक्ने स्थिति देख्दिनँ। समयसीमा पूरा भएको क्षणदेखि नै हामी ७ दल मिलेर सरकार निर्माणको पहल थाल्नेछौँ।”

उनका अनुसार सात दलबीच जितेन्द्र सोनललाई संभावित मुख्यमन्त्रीका रूपमा समर्थन गर्ने प्रारम्भिक सहमति पहिले नै भइसकेको छ। तर नेपाली कांग्रेसले पनि सरकार नेतृत्वमा दाबी गरिरहेको हुँदा अन्तिम सहमतिको लागि दलहरूले बैठक बसेर निर्णय गर्ने तयारी रहेको राइनले बताए।

समयसीमा सकिएलगत्तै प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गर्ने प्रक्रिया अघि बढाइने लोसपा नेताहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर