Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

मधेश भवन अगाडिको झडपमामा घाइते भएकाहरुको उपचार खर्च सरकारले तिर्ने

प्रतिक्षा खबर
२०८२ कार्तिक २६, बुधबार १०:३८

२६ कात्तिक, जनकपुरधाम । मंगलबार साँझ मधेश भवन अगाडि प्रहरी र आन्दोलनकारीको झडपमा घाइते भएकाहरुको उपचार खर्च मधेश सरकारले तिर्ने मुख्यमन्त्री सरोजकुमार यादवले घोषणा गरेका छन् ।

घाइतेहरूलाई आज बिहानै भेट्न प्रादेशिक अस्पताल जनकपुरमा भेट्न पुगेका मुख्यमन्त्री यादवले यस्तो घोषणा गरेका हुन् ।

घाइतेहरु उपचार गराएर घर फर्किसकेकाले भेट नभएको बताउँदै मुख्यमन्त्री यादवले उनीहरुको उपचार खर्चको व्यवस्था सरकारले गर्ने बताए ।

झडपमा प्रहरीको लाठीचार्जबाट १७ जना प्रदर्शनकारी घाइते भएका थिए । यसको विरुद्ध सातदलीय गठबन्धनले आन्दोलनको घोषणा समेत गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसयतमा नेकपा एमाले संसदीय दलको नेता यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेशभवन र वरपरको क्षेत्र तनावग्रस्त बनेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर