Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

प्रतिक्षा खबर
२०८१ असार ३१, सोमबार ०८:१०

३१ असार, काठमाडौं । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।

आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।

स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले अनलाइनखबरसँग भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’

भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए ।

यसैगरी बंगलादेशसँग भने काठमाडौंस्थित दूतावासमार्फत् सम्पर्क गरेर आवश्यक प्रविधि र जनशक्तिको सहयोग मागिएको भूसालले बताए । ‘बंगलादेशको दूतावासमा विपद हेर्ने छुट्टै कर्मचारीहरु हुन्छन् । उनीहरुमार्फत् सहयोग मागेका छौं,’ डा. भूसालले भने ।

तर बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन् । तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन । दूतावासका कर्मचारीहरुले पनि शान्त खालका नदी तथा तलाउहरुमा खोज्ने दक्षता मात्र आफूहरुसँग भएको तर त्रिशूलीजस्तो तीव्र बहाव भएको नदीहरुमा उद्धारको अनुभव नभएको जवाफ दिएका थिए ।

सहसचिव डा. भूसालले भने, ‘हामीले स्वदेशी–विदेशी सबैसँग सम्पर्क गरी खोजी कार्य तीव्र पारेका छौं । सम्भव भएसम्मका सबै उपायहरु अपनाएका छौं । त्यसैले छिट्टै सफलता हात लाग्ने आशा छ ।’

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म ११ जनाको मात्र शव फेला परेको छ ।

खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ । तर त्रिशूली नदीको तीव्र बहाव चुनौतीको रुपमा रहेको डा. भूसालले बताए । ‘नदीको करेन्ट प्रवाह यति तीव्र छ कि मोटर बोट लैजान पनि जोखिम छ,’ डा. भूसालले भने, ‘तर पनि खोज तथा उद्धारमा सम्भव भएसम्मका सबै उपाय अपनाइएको छ, छिमेकी देशसँग पनि सहयोग मागेका छौं ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर