Advertisement
ताजा खबर
पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव

प्रतिक्षा खबर
२०८२ चैत्र १३, शुक्रबार २१:१४

गोपाल झा , महोत्तरी, चैत १३ गते

महोत्तरीको एकडारा गाउँपालिका यतिबेला ऐतिहासिक खुसीमा डुबेको छ । एउटै गाउँबाट दुई महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल भएपछि यहाँ हर्षोल्लासको वातावरण छाएको हो । महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा उज्ज्वलकुमार झा विजयी हुनु र सोही गाउँका युवा नेता बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नु, गाउँका लागि गर्वको विषय बनेको छ ।          स्थानीयहरूका अनुसार एकडारा गाउँले लामो समयदेखि राजनीतिक र सामाजिक रूपमा पहिचान बनाउँदै आएको छ । पञ्चायतकालमा कुलानन्द झाको प्रभावका कारण चिनिएको यो गाउँ अहिले नयाँ पुस्ताका नेताहरूका कारण फेरि राष्ट्रिय केन्द्रमा आएको छ । गाउँलेहरू भन्छन“पहिले कुलानन्द झा, र अहिले कुलानन्द झाको नाती उज्ज्वल झा र बालेन्द्र शाह—हामीले सधैं नेतृत्व दिने गाउँको रूपमा चिनिन पाएका छौं ।”          उज्ज्वलकुमार झाको जितसँगै गाउँमा सुरु भएको खुसीको लहर अझ बढेको छ , जब बालेन्द्र शाह देशको प्रधानमन्त्रीको सपथ लिएका छन् । आज एकडारा गाउँको  ठाउँ–ठाउँमा मिठाई बाँड्ीएको थियो भने            बेलुका गाँउभरी दीपावली मनाएका छन् र एकअर्कालाई बधाई दिने क्रम दिन भर चलिएको छ । युवा, वृद्ध, महिला सबैमा उत्साह उस्तै देखिएको छ ।

स्थानीयका अनुसार उज्ज्वलकुमार झा एक सक्रिय, जनतामुखी र विकासप्रेमी नेता हुन् । उनले निर्वाचनअघि नै शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता जनाएका थिए । “उहाँ हाम्रो आवाज संसदसम्म पुर्‍याउने विश्वासिलो प्रतिनिधि हुनुहुन्छ,” एक स्थानीयले भने ।

त्यस्तै, बालेन्द्र शाहको व्यक्तित्व र यात्रा पनि गाउँलेहरूका लागि प्रेरणादायी बनेको छ । सानैदेखि सरल, इमान्दार र सिर्जनशील स्वभावका शाहले राष्ट्रिय राजनीतिमा छोटो समयमै आफ्नो प्रभाव स्थापित गरेका छन् । “उहाँ सधैं फरक सोच राख्ने, काम गरेर देखाउने व्यक्ति हुनुहुन्थ्यो,” अर्का स्थानीयले भने, “आज प्रधानमन्त्री बनेपछि हामी सबैको सपना पूरा भएको जस्तो लागेको छ ।        हाल बालेन्द्र शाहको पुर्ख्यौली घरमा गाँउपालिकाको कार्यालय रहेको छ । गाँउ पालिकाको कार्यालय संचालन भईरहेको शाहको घरमा समेत दिपावली गरी गाउँलेहरूको उत्साह  चरममा देखीएको छ । गाउँका युवाहरूले सामाजिक सञ्जालमार्फत बधाई सन्देशहरू प्रवाह गरिरहेका छन् भने घरघरमा दियो बालेर खुसी मनाएका छन् ।          राजनीतिक विश्लेषकहरूका अनुसार एउटै गाउँबाट प्रतिनिधिसभा सदस्य र प्रधानमन्त्री जस्ता महत्वपूर्ण पदमा व्यक्तिहरू पुग्नु दुर्लभ घटना हो । यसले एकडारा गाउँलाई मात्र होइन, समग्र महोत्तरी र मधेश प्रदेशलाई नै नयाँ पहिचान दिएको छ ।

अब गाउँलेहरूको अपेक्षा पनि बढेको छ । उनीहरू चाहन्छन् कि उज्ज्वलकुमार झाले आफ्नो क्षेत्रको विकासलाई तीव्रता दिनुहोस् र बालेन्द्र शाहले देशमा सुशासन, पारदर्शिता र विकासको नयाँ अध्याय सुरु गरून् । “हाम्रो गाउँ अब देशको नक्सामा अझ स्पष्ट देखिन थालेको छ,” एक स्थानीय युवाले भने, “अब विकास पनि त्यही अनुसार हुनुपर्छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकाल कस्तो रहनेछ र सांसद उज्ज्वलकुमार झाले आफ्नो क्षेत्रलाई कति अघि बढाउँछन् भन्नेमा सबैको चासो केन्द्रित छ । तर अहिलेका लागि भने, एकडारा गाउँ उत्सवमा रमाइरहेको छ—आफ्नै माटोका सन्तानले देशको नेतृत्व सम्हालेको गर्वका साथ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर