Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लोसपाको पार्टी कार्यालय खाली गर्न ताकेता

प्रतिक्षा खबर
२०८१ आश्विन २९, मंगलवार १९:१८

काठमाडौँ  । सरकारबाट जग्गा प्राप्त गरेर नेपाल मधेसी निजामती कर्मचारी मञ्चले बनाएको भवनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यालय रहेको छ ।

सरकारबाट प्राप्त गरेको जग्गा कसैलाई भाडामा वा अरू प्रयोजनका लागि प्रयोग गर्न नदिने प्रावधान रहेपनि महन्थ ठाकुर नेतृत्वको पार्टी वर्षौँदेखि सो भवनमा बसेको हो ।

यसबारे निरन्तर प्रश्न उठेपछि मञ्चले उक्त कार्यालय खाली गर्न लोसपालाई ताकेता गरेको छ ।

नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले भने लोसपा नेपाललाई बबरमहलको भवन भाडामा नदिएको बताए । अहिलेसम्म सित्तैमा बसिरहेको बताउँदै उनले अब भने आफूहरूले पार्टी कार्यालय खाली गर्न भनिसकेको बताए । तर हालसम्म लोसपाले खाली नगरेको उनको भनाइ छ ।

उनले भने, ‘एक वर्षअघिदेखि हामीले सो भवन खाली गर्न लोसपालाई भनेका हौँ । तर हालसम्म खाली गरेको छैन । चैतमा हाम्रो मञ्चको महाधिवेशन हुँदैछ त्यो महाधिवेशनबाट भवनको सम्बन्धमा ठोस निर्णय गर्छौँ ।

उसो त लोसपा बन्नुअघिको जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा राष्ट्रिय जनता पार्टीको केन्द्रीय कार्यालय पनि त्यही भवनमा थियो ।

चौधरीका अनुसार २०६८ मा मधेसी कर्मचारी मञ्चले सो जग्गा सरकारबाट प्राप्त गरेको थियो । भवन निर्माणको शिलान्यास ठाकुरले नै गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर