Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रदेशवासीकाे नाममा ६बुंदे संदेश

प्रतिक्षा खबर
२०७६ चैत्र १२, बुधबार १४:०३

संक्रमण बढ्न थालेपछि प्रदेशवासीको नाममा ६ बुँदे सन्देश जारी गरेका छन् ।मुख्यमन्त्री राउतले बुधबार उक्त सन्देश जारी गरेका हुन् ।यस्ता छन् अनुराेधःआदरणीय प्रदेशवासी दिदीबहिनी तथा दाजुभाईहरु१. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकार, निजी क्षेत्र, गैसस र सम्पूर्ण जनसमुदायलाई आआफ्नो स्थानबाट योगदान गर्न हार्दिक आग्रह गर्दछु ।२. आफ्नो स्थानीय तहमा गत दुई हप्ताभित्र अन्यत्रबाट आएका संक्रमण संकास्पद व्यक्तिहरुको पहिचान गरी त्यस्ता व्यक्तिहरु भेटिएमा तत्काल छुट्टै राख्ने प्रबन्ध (आइसाेलेशन) मिलाउनुहुन र यस सम्बन्धमा कुनै पनि किसिमको सहयोग र सहायता आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकिकृत सूचना केन्द्रमा सम्पर्क गर्नुहुन सवै पालिका प्रमुखहरुलाई अनुरोध गर्दछु ।३. नेपाल सरकारले घोषणा गरेको देशव्यापी लकडाउनलाई सफल पार्न सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधि, संचारकर्मी, नागरिक समाज राष्ट्रसेवक, निजी क्षेत्र, गैससलगायत सबैलाई विशेष अनुरोध गर्दछु ।४. निहित स्वार्थ राखी दैनिक उपभोग्य सामानहरुको कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने जस्ता जनविरोधी एवं गैरकानूनी क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैमा अनुरोध गर्दछु । यस्ता किसिमका गलत कामकारवाही भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गर्दछु । जनतालाई दैनिक उपभोग्य सामानहरुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन एवं बजारको अनुगमन प्रभावकारी तुल्याउन सम्बद्ध निकायलाई निर्देश गर्दछु ।५. कोरोना संक्रमण नियन्त्रण गर्न प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको छ । यस क्रममा आइपर्ने कुनै पनि किसिमका समस्या समाधान गर्न प्रदेश सरकारको संयन्त्रहरु तयारी अवस्था रहेको छ । सुरक्षाकर्मी स्वास्थ्यकर्मीलगायत यस कार्यमा अहोरात्र खटिने जनशक्ति सबैलाई सहयोग पुर्याउनुहुन समेत आव्हान गर्दछु ।६. दक्षिणी सिमाका सबै साना ठूला प्रवेशद्वारमा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनु हुन सुरक्षा संयन्त्रलाई विशेष अनुरोध गर्दछु । साथै संकटको यस घडीमा जनताको जीउधनको सुरक्षामा कुनै किसिमको आँच आउन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुहुन समेत निर्देश गर्दछु ।धैर्य र संयमित भई घरमा नै बसौं, आफू र आफ्नाको जीवन जोगाउने पूण्य कार्यमा सहयोग गरौ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर