Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

जसपा कार्यकारिणी बैठकमा सात एजेन्डामा छलफल हुँदै, कोरोनाका कारण प्रशिक्षण तालिका स्थगित

प्रतिक्षा खबर
२०७७ श्रावण २२, बिहीबार १६:२३

पार्टी एकीकरणपछि पहिलो पटक बसिरहेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारणी बैठकमा बिहीबारदेखि सात वटा एजेन्डामा छलफल सुरु भएको छ ।
लिलितपुरको बालकुमारीस्थित पार्टी कार्यालय नजिकै रहेको एक सभाहलमा बुधबारदेखि चलेको बैठकमा बिहीबारदेखि भने एजेण्डामा छलफल हुने भएकाे हाे ।
बुधबार अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले उक्त एजेन्डाहरु प्रस्तुत गरेका थिए । बिहीबारदेखि ती एजेन्डाहरु माथि छलफल सुरु गरिएको नेता बृषेशचन्द्र लालले जानकारी दिए ।
जपसाको पहिलो बैठकमा पार्टीको समायोजनसम्बन्धी निर्देशिका, आचार एवं व्यवहारसम्बन्धी आचार संहिता, वर्तमान परिस्थती र हाम्रो दायित्व, कार्यकारी समितिको कार्य विभाजन, संगठनात्मक कार्य योजना, समसमायीक प्रस्ताव र विविध शिर्षकमा गरी तय गरिएको एजेण्डामा विस्तृत छलफल हुने उनले जानकारी दिए ।
सबै एजेन्डाहरुमाथि कार्यकारणी समितिका सदस्यहरुले विचार राखेपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको उनले बताए ।
सुरुमा पहिलो बैठक भएकाले चार दिनसम्म प्रशिक्षण चलाउने र त्यसपछिको दुई दिन बैठक गर्ने कार्यतालिका जसपाले सार्वजनिक गरेको थियो ।
तर पछिल्लो समयमा कोरोना संक्रमणका बढन थालेकाले बैठकलाई छोट्याइएको जनाइएको छ ।
अहिले प्रशिक्षण स्थगित गरेर सिधै एजेण्डामाथि छलफल गर्न लागिएको पार्टीले जनाएको छ । सभार नायाँ पत्रिका

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर