Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८२ माघ १, बिहीबार १२:१९

१ माघ, विराटनगर । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको  को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ- ८, सोनियाहीमा  अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार घटना आज बिहान करिब साढे ५ बजेको हो । उनका अनुसार विराटनगरबाट टायल र मार्बल लोड गरी सप्तरीको राजविराजतर्फ जाँदै गरेकाे ट्रक सोनियाहीस्थित सडकको घुम्तीमा पल्टिँएकाे थियाे । ट्रक पल्टदा पछाडि सामानमाथि बसेका ५ जना मजदुरलाई टायल र मार्बलले थिचेको थियो । सामानले थिचिएका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडानम्बर १ का बासिन्दा हुन् । सबै गुरुङ  हुन् । ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको हो ।

ट्रकमा चालकसहित जम्मा ९ जना सवार थिए । जसमध्ये चालकको क्याबिनमा ४ जना र पछाडि सामानमाथि ५ जना बसेका थिए । अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । चालक भने फरार छन् । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको खड्काले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर