Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

लोसपाका सयौ नेता कार्यकर्ता जसपामा

प्रतिक्षा खबर
२०७८ फाल्गुन २५, बुधबार ०३:२५

जलेश्वर, फागुन २४ । लोकतान्त्रिक समाजवादी पार्टीका सयौ नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेको छ ।
जनता समाजवादी पार्टी महोत्तरीले एकडारा गाँउपालिकामा आयोजना गरेको पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा लोसपाका सयौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउत सहितका अतिथिहरुले नवप्रवेशीहरुलाई अवीर माला लगाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राउतले उत्पीडित र अल्प संख्यक समुदायका लागी प्रदेश सरकारले ल्याएको योजनाहरुबाट प्रदेशका अल्पसंख्यक उत्पीडितहरु प्रत्यक्ष लाभान्वित भइ रहेको बताउनु भयो ।
उहाँले प्रदेश सरकारको आरक्षण व्यवस्थाले सदियौ देखी उत्पिडन सहदै आएको समुदायलाई राज्यको मुल धारमा ल्याउन कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।
मधेश आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षाको लागी उत्पिडित समुदायको हकहित स्थापित गराउन अग्रसर जनता समाजवादी पार्टीको विकल्प अरु पार्टी हुन नसक्ने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले आसन्न स्थानीयतहको निर्वाचनमा मधेशका जनता जसपाका उम्मेदवारलाई भारी मतले जिताउनेमा आफु विश्वस्त रहेको समेत बताउनु भयो ।
स्वास्थ्य र शिक्षामा पछि रहेको मधेश प्रदेशलाई माथी उठाउन प्रदेश सरकार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुर, कृषि विश्वविद्यालय राजविराज र विज्ञान तथा प्रविधि विश्वविद्यालय विरगंजको स्थापना रहेको अघि बढि सकेको उल्लेख गर्दै उहाँले यसको प्रतिफल पाँच÷सात वर्षm पछि सतहमा देखिने दावी समेत गर्नु भयो ।
गाँउ पालिका कमिटी अध्यक्ष द्रवेश राय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश अध्यक्ष रामबाबु यादव, राष्ट्रीय सभा सदस्य खालिद सिद्दिकी, केन्द्रिय सदस्य एवं पूर्व कृषि मन्त्री हरिनारायण यादव, केन्द्रिय सदस्य कृष्णाशंकर साह, राम दरेश यादव, प्रदेश सभा सदस्य सरोज सिंह कुशवाहा, किरण राय, प्रदेश कमिटी सदस्य मोजिम राइन, राम नरेश राय, निर्मला यादव, पूर्व प्रदेश सदस्य एवं गाउ पालिका अध्यक्षका प्रत्याशी दीपनारायण मण्डल सहितका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।
एकडारा गाँउपालिकामा आजै गाँउ कमिटीको कार्यालयको उद्घाटन समेत मुख्यमन्त्री राउतले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर