Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

विकासको लहर देखेर विपक्षीहरु आत्तिएका छन् मन्त्री यादव

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १०:५०

गौशाला, चैत्र ९ गते ।

महोत्तरीमा एकपछि अर्को योजना शिलान्यासको क्रमले गति लिएको छ । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवले जिल्लामा क्रमवद्ध रुपमा योजनाहरुको शिलान्यास गर्न थालेपछि नागरिकमा उत्साह थपिएको छ ।
शुक्रबारमात्रै मन्त्री यादवले बर्दिवास नगरपालिकामा तीनवटा योजनाको शिलान्यास गरेका छन् । त्यसक्रममा मन्त्री यादवले विकासको लहर देखेर विपक्षीहरु आत्तिएको प्रतिक्रिया दिए ।

सञ्चारकर्मीसँग खासै बोल्न नरुचाएका उनले कसैले अवरोध गर्दैमा विकासको काम नरोकिने ठोकुवा गरे । बुधबार रामगोपालपुर ८ टिकुलियादेखि ससौला जाने सडक स्तरोन्नति कार्यको शिलान्यास गर्ने क्रममा अवरोध खेपेका मन्त्री यादवले भर्ने कोही कसैले रोक्न खोज्दैमा विकासको काम रोकिदैन ।

विकासको लहर देखेर विपक्षी मानसिकता भएकाहरु आत्तिनुलाई स्वभाविक रुपमा लिनुपर्छ । हामीले जनताको माग र आवश्यकताका आधारमा विकासको काम गर्ने हो । जनताले हामीलाई दिएको म्यान्डेट पूरा गर्न कुनै तत्वले चाहेर रोकिनेवाला छैन ।

विकासमा अबरोध गर्नेलाई जनताले नै सखाप पार्छ ।’मन्त्री यादव गृह जिल्लाबाटै लखेटियो भनेर समाचारहरु आइरहेको छ नि भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गर्दै भर्ने आधारहीन कुरा पनि समाचार हुन्छ ? जनताले ब्यालेटबाटै लखेटिसकेको दलका केही थान कार्यकर्ताहरुले अरुको विषयमा लखेटिए भनेर हल्ला फिजाउनु हास्यँस्पद हो । सबै कुरा जनताको सामुनेमा छ ।’

शुक्रबार मन्त्री यादवले बर्दिवास नगरपालिकाको वडा नम्बर १ स्थित पानी खोलसी टोलमा ३५ लाखको सडक ढलान, वडा नम्बर ४ एकचाइ टोलमा २५ लाखको सडक ढलान र वडा नम्बर ८ हाथिलेटमा खोला तटबन्ध कार्यको शिलान्यास गरेका हुन् ।

त्यसक्रममा मन्त्री यादवसँगै प्रदेशसभा सदस्य शारदादेवी थापा, नेकपा एमालेका नेता शंकर महतोलगायतको उपस्थिती रहेको थियो । त्यसअघि मन्त्री यादवले एक महिनाको अवधिमा मात्रै दर्जनौं बढी योजनाको शिलान्यास गरेका छन् ।

उनका अनुसार सयौं भन्दा बढी स्थानमा शिलान्यास भएर योजना सञ्चालनको क्रममा छ । कतिपय योजनाहरु सम्पन्नको अवस्थामा गइसकेको उल्लेख गर्दै मन्त्री यादवले सबै भन्दा नमुना काम गर्ने उपभोक्ता समितिलाई सम्मान समेत गर्ने बताए ।

भब्सी खोलामा तटबन्धका लागि छुट्टयाइएको रकम अपुग भएकोले यो टोल तथा यहाका जग्गा जोगाउन अझै बजेट छुट्टाउनु पर्ने आवश्यकता देखिएको उनले बताए । बर्षाको महिनामा खोलापारी आवतजावत गर्ने तथा बिद्यालय जान समेत सम्स्या भईरहेको स्मरण गर्दै मन्त्री यादवले पुल निर्माणका लागि बजे छुट्याइसकेको उल्लेख गरे ।

लामोसमयदेखि विकासको उपेक्षामा रहेको महोत्तरीमा प्रदेश सरकारबाट मात्रै यसपटक चारसय बढी योजनाहरु सञ्चालनको प्रक्रियामा रहेको मन्त्री यादवका सचिवालयको दावी छ । सभार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर