Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै

प्रतिक्षा खबर
२०८३ बैशाख २, बुधबार १०:०९

प्रकृति र स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन् । सूर्यको बढ्दो तापबाट राहत दिलाउने उद्देश्यले मनाइने यस पर्वले मानव मात्र होइन, वनस्पति र पशुपक्षीको पनि शीतलताको कामना गर्दछ ।

‘जुड’ र ‘शीतल’ शब्द मिलेर बनेको यस पर्वमा ‘जुड’ ले आशीर्वाद स्वरूप जुराउने र ‘शीतल’ ले शीतलता प्रदान गर्ने अर्थ दिन्छ । यस दिन ज्येष्ठ सदस्यहरूले सानालाई टाउकोमा पानी राखेर आशीर्वाद दिने परम्परा छ । बिहानै उठेर परिवार तथा आफन्तजनलाई शीतलताको कामना गर्दै पानी जुराउने चलन रहेको छ ।

कृषिप्रधान मिथिलाञ्चलमा यस पर्वमा कृषि उत्पादनको विशेष प्रयोग गरिन्छ । घरको दैलो, खम्बा, चुलो, सवारी साधन, घरायसी सामग्रीदेखि पशुपक्षी र बोटबिरुवासम्म पानी जुराएर शीतलता प्रदान गरिन्छ । चुलोसमेत जुराइने भएकाले यस दिन घरमा आगो बालिँदैन ।

यस पर्वमा गाउँघरका इनार तथा कुवाको सरसफाइ तथा जीर्णोद्धार गर्ने परम्परा पनि रहेको छ । साथै शरीरभरि हिलो दल्ने प्रचलनलाई प्राकृतिक चिकित्साको रूपमा लिइन्छ, जसले गर्मीयाममा हुनसक्ने रोगबाट बच्ने विश्वास गरिन्छ ।

जुडशीतलमा खानपानको पनि विशेष महत्व रहेको छ । एक सालको खाना अर्को सालमा भन्ने मान्यताअनुसार अघिल्लो राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । तरुवा, बरी, दहीलगायतका परिकार विशेष रूपमा सेवन गरिन्छन् ।

कुलदेवतालाई बासी भात, दही, मिठाइ र आँपको टिकुला चढाइने परम्परा छ भने चिल र स्याललाई समेत नैवेद्य दिने चलन छ । यस अवसरमा कतिपय स्थानमा पहलमानी तथा चङ्गा प्रतियोगिता आयोजना गर्ने परम्परा पनि रहेको छ । जुडशीतल पर्वले प्रकृतिसँगको सामञ्जस्य, स्वास्थ्यप्रति सचेतना र सामुदायिक एकताको सन्देश दिने विश्वास गरिएको छ

याे पर्वले परिवार र समाजमा मेलमिलाप बढाउने पर्व हाे । यो पर्वले प्रकृतिसँग जोडिन र एकअर्काप्रति सद्भाव बढाउन ठूलो भूमिका खेल्छ । गर्मीबाट राहत पाउन तथा स्वास्थ्य जोगाउन यो पर्व महत्वपूर्ण रहेको छ। पुर्खादेखि मनाउँदै आएको यो पर्वले शरीरलाई शीतलता दिनुका साथै रोगबाट बच्ने विश्वास दिलाउँछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर