Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते

प्रतिक्षा खबर
२०८३ बैशाख ९, बुधबार १४:२४

९ वैशाख, सिरहा । सिरहामा प्रहरीको गाडीको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका–६ मटयर्वामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीको गाडीले २ वर्षीय बालक आयुष मलिकलाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार गस्तीको क्रममा गाडीले बालकलाई छोएपछि उनलाई तत्काल स्थानीय स्तरमै उपचारका लागि लगिएको थियो ।

पीडित पक्षसँगको सहमतिमा थप उपचारका लागि धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

तर घटनाबारे बालकका हजुरबुबा जगदीश मलिकले फरक दाबी गरेका छन् ।

उनका अनुसार बालक गाउँको सडकमा खेलिरहेको बेला प्रहरीको गाडीले ठक्कर दिएको हो । गाडीको ठक्करले बालक गम्भीर घाइते भएका हुन् ।

उनी मामा घर आएका थिए र घर फर्किने तयारीकै क्रममा उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् ।

घटनापछि घाइते बालकलाई मिर्चैयास्थित मनकामना मिड इस्टर्न अस्पताल लगिएको थियो। प्रहरीले बालकको अवस्था सामान्य रहेको जनाएको भए पनि परिवारले भने अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर