Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

रूस र युक्रेनबिच २३० युद्धबन्दी आदानप्रदान

प्रतिक्षा खबर
२०८१ भाद्र ९, आईतवार १९:४४

किएभ ।  रुसको कुस्र्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएका मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स (युएई) ले जानकारी गराएको छ ।

कुस्र्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रूसले पूर्वी युक्रेनी शहरलक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेका समय यो आदानप्रदान भएको हो । युक्रेनी स्वतन्त्रता दिवसमा पनि यस्तो आदानप्रदान भएको थियो ।

दुवै देशले कैदी अदलाबदली सम्झौतामा मध्यस्थता गरेको युएईप्रति आभार प्रकट गरेका छन् ।  “हाम्रा अन्य ११५ देशभक्त सुरक्षाकर्मी आज घर फर्किसकेका छन्,” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने । “यी सैनिकहरू नेशनल गार्ड, आम्र्ड फोर्सेज, नेभी, स्टेट बोर्डर गार्ड सर्भिसका सैनिक हुन्,” उनले युक्रेनको झन्डा बेरेर बसेका मानिसहरूको फोटोसहित जारी गरेको सन्देशमा भनेका छन् ।

किएभले गत अगष्ट ६ मा भएको कुस्र्क आक्रमणमा सयौं रूसी सैनिकलाई बन्धक बनाएको यसअघि बताएको थियो । मस्कोले उक्त आदानप्रदानको पुष्टि गर्दै कुस्कमा बन्दी बनाइएका ११५ सैनिकलाई फिर्ता गरिएको जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “वार्ता प्रक्रियाको परिणामस्वरुप कुस्र्क क्षेत्रमा बन्दी बनाइएका ११५ जना रूसी सैनिकलाई किएभ शासनको नियन्त्रणमा रहेको इलाकाबाट फिर्ता गरिएको छ ।”

“ती सैनिकहरू अहिले छिमेकी बेलारूसमा रहेका छन्, उनीहरूलाई ‘मनोवैज्ञानिक–चिकित्सा सहायता’ प्राप्त भइरहेको छ र चाँडै नै उनीहरूलाई स्वदेश ल्याइनेछ,” मन्त्रालयले भनेको छ ।

युएईले रूसी सङ्घ र गणतन्त्र युक्रेनबीच नयाँ बन्दी आदानप्रदानमा सफलतापूर्वक मध्यस्थता गरेको जनाएको छ । किएभ र मस्कोबीच दुई वर्षभन्दा लामो युद्ध जारी रहेपनि युद्धका क्रममा विपक्षीको नियन्त्रणमा गएका कैदीहरूको पटक पटक आदानप्रदान पनि हुँदै आएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर