Advertisement
ताजा खबर
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

☰

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रतिक्षा खबर
२०८३ बैशाख १०, बिहीबार १५:५८

काठमाडौँ । सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन र सूचना उपलब्ध नगराउने गरी गरेको निर्णयप्रति जनता समाजवादी पार्टी (जसपा), नेपालले कडा आपत्ति जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सङ्घीय मन्त्रालय, आयोग, सचिवालयसहित प्रदेश र स्थानीय तहलाई समेत सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन र प्रसारण गर्न जारी गरेको परिपत्रलाई पार्टीले प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण भनेको हो।

एक विज्ञप्ति जारी गर्दै जसपा नेपालले लोकतन्त्रको चौथो अङ्गका रूपमा रहेका निजी सञ्चारमाध्यमहरूलाई आर्थिक रूपमा कमजोर बनाएर नियन्त्रणमा राख्ने सरकारी मनसाय देखिएको आरोप लगाएको छ।

लोकतन्त्रको पहरेदारका रूपमा रहेका सञ्चार माध्यमलाई विज्ञापनबाट वञ्चित गर्नु भनेको अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रत्यक्ष प्रहार भएको जसपाको ठहर छ। यो निर्णय लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको भन्दै पार्टीले सरकारको यस कदमको घोर भर्त्सना गरेको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अहिलेको आर्थिक सङ्कटको समयमा निजी सञ्चारमाध्यमहरू मारमा परिरहेका बेला सरकारले झन् तिनीहरूको रोजीरोटी खोस्ने काम गरेको छ । सरकारी विज्ञापनमा रोक लगाउँदा कतिपय सञ्चारमाध्यमहरू बन्द हुने र त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरू बेरोजगार हुने स्थिति सिर्जना भएकोमा जसपाले चिन्ता व्यक्त गरेको छ। सरकारको यो कदमले अप्रत्यक्ष रूपमा प्रेस सेन्सरसिपको अवस्था निम्त्याउने र आवाजविहीनहरूको आवाज बनेर काम गरिरहेको स्वतन्त्र पत्रकारितालाई धराशायी बनाउने जसपाको दाबी छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर