Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी

प्रतिक्षा खबर
२०८२ मंसिर ८, सोमबार १९:४०

८ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिक बिहान बर्दिबासको पानस होटलमा शपथ लिएका मुख्यमन्त्री यादवले ३ मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्री विना विभागीय थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको हो ।

नेकपा एमालेबाट बिना विभागीय मन्त्री नियुक्त गरेका लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

२ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको थियो । यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुने उल्लेख थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर