Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

संविधान दिवसकाे अवसरमा आज प्रदेश २ का कैदीलाई जेलमुक्त गरिदैँ

प्रतिक्षा खबर
२०७७ आश्विन ३, शनिबार १०:३३

प्रतिक्षा खबर

रामगाेपालपुर, असोज ३ गते

संविधान दिवसको अवसरमा सरकारले आज २ सय ८९ जना कैदीलाई सजाय छुट दिँदै जेलमुक्त गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिमा कैदीलाई सजाय माफि गरेर छाड्न लागिएको हो।
५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका र गम्भीर प्रकृतिको अपराधमा नपरेका कैदीलाई विभिन्न अवसरमा सजाय छुट दिएर छाड्न व्यवस्थाअनुसार जेलमुक्त गरिन लागिएको छ ।
यसरी छुट्ने कैदीमा सबैभन्दा धेरै वागमती प्रदेशका र कम कर्णाली प्रदेशका रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार प्रदेश १ का ६८ जना, प्रदेश २ का ३७ जना, वागमती प्रदेशका ८२ जना र गण्डकी प्रदेशका २३ जना कैदीलाई छाडिने भएको हो।
त्यसैगरी, प्रदेश ५ का ५२, कर्णालीका १३ र सूदुरपश्चिम प्रदेशका १४ जना कैदीलाई छाडिने भएको छ।
बिदा भएपनि उनीहरुलाई शनिबार नै छाडिने कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए।
कारागार व्यवस्थापन विभागले करिब ३ सय जना कैदी छाड्न सूची सरकारलाई बुझाएको भएपनि केही कैदीले भने सजाय छुट नपाउने भएका हुन्।
खासगरी ज्येष्ठ नागरिकको विषयमा कानुन बाझिँदा छाड्न नमिलेको हो।
फौजदारी कानुनअनुसार जबरजस्तिकरणीको मुद्दामा सजाय तोकिएका कैदीलाई सजाय छुट गर्न मिल्दैन। तर ज्येष्ठ नागरिक ऐनमा ६५ वर्ष माथिकाले कैद छुट पाउने व्यवस्था छ।
यो ऐनअनुसार ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकले २५ प्रतिशत, ७० वर्ष पुगेकाले ५० प्रतिशत र ७५ वर्षमाथिकाले ७५ प्रतिशतसम्म कैद छुट पाउने व्यवस्था छ।
तर जबरजस्तिकरणी गम्भीर अपराध भएकाले सो मुद्दामा जेल सजाय तोकिएकालाई भने ज्येष्ठ नागरिक ऐनअनुसार कैद छुट नगर्ने निर्णय भएको हो।
गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसका अवसरमा सजाय माफी गरेर कैदीलाई जेलमुुक्त गरिँदै आएको छ।
यसअघि गणतन्त्र दिवसमा २ सय ३३ कैदी छुटेका थिए।
देशभरका कारागारमा १४ हजार २७ कैदी छन् । यीमध्ये करिव ७० प्रतिशत खराब सूचीका कैदी रहेको विभागले जनाएको छ।
यस्तै १० हजार १ सय ३६ थुनुुवा छन्। उनीहरूलाई पुर्पक्षका लागि थुनामा राखिएकाले छाड्न मिल्दैन। कर्तव्य ज्यान, जबरजस्तिकरणी, भ्रष्टाचार, लागुऔषध, मानव बेचविखन, बन्यजन्तु तस्करी लगायतका मुद्दालाई नकारात्मक सूचीमा राखिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर