Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

मधेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत

प्रतिक्षा खबर
२०८२ कार्तिक २२, शनिबार २१:०६

२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।

आज सदनमा विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री  सोनल प्रदेश प्रमुख सुवेदी समक्ष समेत राजीनामा पत्र बुझाएका थिए ।

उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका थिए । लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् ।

१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।

मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएकी थिइन् ।

माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर