Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

स्थानीय तहको उपनिर्वाचनमा जनमतकाे अवस्था कमजाेर १६ सिटमध्ये कतिमा मार्ला बाजी ?

प्रतिक्षा खबर
२०८१ मंसिर ७, शुक्रबार १७:१६

२०७९ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेश र लुम्बिनी प्रदेशको स्थानीय तहमा मात्र जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा १६ स्थानमा उम्मेदवारी दिएको छ ।

यसअघि जनमत पार्टीले स्थानीय तहका विभिन्न ११२ सिट जितेको थियो । त्यसमध्ये मधेस प्रदेशमा पालिका प्रमुखमा एक, गाउँपालिका अध्यक्ष एक, उपाध्यक्षमा एक सिट जितेको थियो । त्यसैगरी, लुम्बिनी प्रदेशमा वडाअध्यक्ष सहित अन्य सदस्यहरूमा जितेको थियो ।

उपनिर्वाचनमा जित्ने लक्ष्यसहित आफ्नो पकड भएको क्षेत्रमा पनि उम्मेदवारी दिएको जनमत पार्टीका उपाध्यक्ष ई. दीपक साहले बताए । ‘हाम्रो लक्ष्य त उम्मेदवारी दिएको सबै ठाउँमा जित्ने हो,’ उनले भने, ‘त्यसैले संगठन बलियो भएको र चुनाव जित्ने सम्भावना भएको ठाउँमा मात्र उम्मेदवारी दिन लगाएका छौँ ।

सुनसरी, सप्तरी र रौतहटमा जित्ने लगभग पक्का रहेको उपाध्यक्ष साहले बताए । जनमत पार्टीले पहिलो पटक २०७९ को स्थानीय तह चुनावमा सहभागिता जनाएको थियो । पहिलो पटक भाग लिँदा पनि दुई पालिका प्रमुखसहित उपाध्यक्ष, वडाअध्यक्ष, सदस्यहरू जिताउन सफल भयो ।

यस बिचमा संगठनले राम्रो काम गरेकाले विगतको चुनावभन्दा यो उपचुनावमा राम्रो परिणाम हासिल हुने अपेक्षा आफूहरूले गरेको उपाध्यक्ष साहले बताए ।

जनमत पार्टीले कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दिएको छ । पालिका प्रमुखमा केशव श्रेष्ठलाई सो पार्टीले उम्मेदवार बनाएको हो । जनमत पार्टीले २०७९ को चुनावमा कीर्तिपुरको मेयरमा उम्मेदवारी दिएको थिएन । उपत्यकामा संगठन निर्माण भएका कारण कीर्तिपुरमा जित्ने सम्भावना रहेको जनमत पार्टीको दाबी छ ।

जनमत पार्टीले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा पनि उम्मेदवारी दिएको छ । पालिका अध्यक्षमा विनोद कुमार माझीलाई उम्मेदवार बनाएको छ । जबकि २०७९ को चुनावमा जनमत पार्टी यहाँ छैटौँ स्थानमा सीमित थियो ।

त्यहाँ कांग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार ६०५ मतले जित्दा जनमत पार्टीले ९८ मतमात्र ल्याएको थियो ।

जनमत पार्टीले झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा सुकलाल राजवंशीलाई उम्मेदवार बनाएको छ । विगतको चुनावमा त्यहाँ जनमत पार्टीले उम्मेदवारी दिएको थिएन । त्यस्तै, सुनसरीको गढी गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा जनमत पार्टीबाट सिताराम यादव उम्मेदवार बनेका छन् । २०७९ को चुनावमा जनमत पार्टी यहाँ पाँचौँ स्थानमा सीमित भएको थियो । यसपटक जसरी पनि त्यहाँ जित्ने दाबी जनमत पार्टीको छ । जबकि, अघिल्लो निर्वाचनमा त्यहाँ एमालेका सदनन्द उराँव झागरले ७१२ मत ल्याएर निर्वाचित भएका थिए । जनमत पार्टीले २२४ मतमात्र पाएको थियो ।

सप्तरीको डाक्नेश्वरी वडा नम्बर १ को अध्यक्षमा शैलेन्द्र साहलाई जनमत पार्टीले उम्मेदवार बनाएको छ । विगतको चुनावमा जनमत पार्टी त्यहाँ पाँचौँ स्थानमा सीमित भएको थियो । कांग्रेसका प्रितमलाल चौधरी ५३५ मत ल्याएर जित्दा जनमत पार्टीका दीपन्द्र साहले ९६ मतमात्र पाएका थिए ।

सोही गाउँपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा उदय नारायण पंडितलाई जनमत पार्टीले उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा यहाँ तेस्रो स्थानमा रहेको जनतमत पार्टीका उदय पण्डितले १९७ मत पाएका थिए । जबकि ३३३ मत ल्याएर कांग्रेसका हरिप्रसाद राय निर्वाचित भएका थिए ।

जनमत पार्टीले धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा कुशेश्वर मण्डललाई उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा जनमत पार्टीले त्यहाँ १० औँ स्थानमा सीमित भएको थियो । कांग्रेसका विश्वनाथ यादव ६१८ मत ल्याएर जित्दा जनमतका रामजोती देवी यादवले ९ मत ल्याएकी थिइन् ।

त्यस्तै, महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा ललेन्द्र साहलाई जनमत पार्टीले उम्मेदवार बनाएको थियाे तर पछी जन अधार न देखिएकाेले उमेदवारी फिर्ता लिइसकेका छन । २०७९ को चुनावमा छैटौँ स्थानमा जनमत पार्टी थियो । कांग्रेसका मुकेश यादव ४३३ मतसहित निर्वाचित हुँदा जनमतका अशोक यादवले १७ मतमात्र पाएका थिए ।

रौतहटको ईशनाथपुर नगरपालिका–७ को अध्यक्ष पदमा जनमतले शेख समिरुल हकलाई उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा यहाँ एमालेका शेख खली उल्लाहले ६८३ मत ल्याएर जितेका थिए भने जनमत पार्टी पाँचौँ स्थानमा सीमित थियो । सो पार्टीका सेख मनिरले २० मत पाएका थिए ।

त्यस्तै राजपुर वडा नं. ६ को अध्यक्षमा जनमतले कमल मन्सुरीलाई उम्मेदवार बनाएको छ । २०७९ मा जनमत पार्टीबाट उम्मेदवार बनेका शेख मोहम्मद मुस्ताकले एक मत पनि प्राप्त गर्न सकेनन् । त्यहाँ कांग्रेसका सेख मोजरे आलमले ५३४ मत ल्याएर निर्वाचित भएका थिए ।

गढीमाई नगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदमा जनमत पार्टीले  सुरेन्द्र राउत कुर्मीलाई उम्मेदवार बनाएको छ । यसअघिको चुनावमा जनमत पार्टीले सो वडामा ८ मतमात्र पाएको थियो । यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मतसहित विजयी भएका थिए ।

काठमाडौँको कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा जनमत पार्टीले विकास प्रधान र वडा नम्बर ४ को अध्यक्षमा कृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । यसअघिको चुनावमा जनमतले त्यहाँ आफ्नो उम्मेदवार उठाएको थिएन । त्यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा पनि उम्मेदवार उठाएको छ ।

जनमत पार्टीले कपिलवस्तुको शुद्धोधन नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा सिताराम पटेललाई उम्मेदवार बनाएको छ । २०७९ को चुनावमा जनमत पार्टी त्यहाँ तेस्रो स्थानमा थियो । त्यहाँ काँग्रेसका तिलकराम यादवले एक हजार ३२ मत ल्याएर चुनाव जितेका थिए भने जनमतका सीताराम पटेलले ५४७ मत पाएका थिए ।

त्यस्तै, जनमत पार्टीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा यादव बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । गत चुनावमा जनमतले त्यहाँ उम्मेदवारी दिएको थिएन । यसपटक संगठन बनेको कारण उम्मेदवारी दिइएको सो पार्टीले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा जनमत पार्टीले प्रमोद मलाह सहनीलाई उ्रम्मेदवार बनाएको छ । गत चुनावमा त्यहाँ पनि जनमत पार्टीले उम्मेदवारी दिएको थिएन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर