Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

भोलि काठमाडौंका तीन ठाउँमा एकै समय प्रदर्शन

प्रतिक्षा खबर
२०८१ मंसिर ६, बिहीबार २०:३४

६ मंसिर, काठमाडौं । शुक्रबार काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्‍य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ ।

एमाले नेता विष्णु रिजालका अनुसार काठमाडाैंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।

यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् ।

सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।

यता, दुर्गा प्रसाई समर्थकहरुले पनि शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न  लागेका हुन् ।

उनले भने, ‘भोलि तीन पक्षले फरक-फरक ठाउँमा एकै समयमा प्रदर्शनको तयारी गरेका छन्। त्‍यसकारण हामीले आम नागरिकको शान्ति सुरक्षा कायम हुने गरी सुरक्षा प्रबन्ध मिलाएका छौं।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर