Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

अवैध खोला उत्खनन् बढ्दै, दिगम्वरपुरका स्थानीयले लिए स्काईभेटर नियन्त्रणमा

प्रतिक्षा खबर
२०७८ बैशाख २५, शनिबार २०:४६

महेन्द्रनगर बैशाख २५ ।
धनुषाको उत्तरी क्षेत्रका खोलाहरुमा जनप्रतिनिधि र प्रहरी प्रशासनकै संरक्षणमा भईरहेको अवैध खोला उत्खनन् झन बढ्दै गएको छ । क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, गणमान चारनाथ नगरपालिका, बटेश्वर गाउँपालिका अन्तर्गत पर्ने खोलाहरुमा अवैध गिट्टी बालुवा उत्खनन् दिनप्रतिदिन बढि रहेको छ ।
धनुषाको उत्तरी क्षेत्रमा रहेको यी पालिकाहरुमा पर्ने औरही, जलाद, बडहडी, बसही चारनाथ लगायतको खोलाहरुमा क्रसर माफियाले मापदण्ड बिपरित १५ देखि २० फिट गहिरोसम्म नदीबाट बालुवा गिट्टी उत्खनन् गरिरहेका छन् । तर जनप्रतिनिधि र प्रहरी प्रशासन क्रसर माफियाहरुसँग महिनावारी रुपमा मोटो कमिसन लिइरहेका कारण मुकदर्शक बनेको स्थानीय बासिन्दाहरुको आरोप छ ।
यसै क्रममा प्रहरी प्रशासन र जनप्रतिनिधिको सेटिंगमा नै जलाद नदीमा अवैध खोला दोहन गरिरहेको स्काइभेटिर दिगम्वरपुरका स्थानीय बासिन्दाहरुले शुक्रवार नियन्त्रणमा लिएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं। ७ र ८ को बिचमा पर्ने जलाध खोलामा अवैध रुपमा बालुवा गिट्टी उत्खनन् गरिरहेको अवस्थामा प्रदेश ३–०१–००३ क ५२१३ नम्बरको स्काइभेटर स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका हुन् । उक्त स्काइभेटर सोहि नदि किनारमा संचालित क्षीरेश्वर बालुवा गिट्टी प्रसोधन उद्योग ९क्रसर० को रहेको स्थानीयहरुको दावी छ । स्काइभेटर नियन्त्रणमा लिने क्रममा जलाध खोलामा दिगम्वरपुरका स्थानीयबासी र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटेको प्रहरी टोलीबीच घम्साघम्सी समेत भएको थियो । गाउँबासीका अनुसार प्रहरी प्रशासन लगायत व्यक्तिहरुको मिलोमतोमा जथाभावी खोलामा स्काइभेटर लगाएर नीजि जग्गा र खेती योग्य जमिन खोलामा खस्ने गरी क्रसर माफियाहरुले खोला उत्खनन् गरिरहेको आरोप छ ।
यता क्षीरेश्वरनाथ नगरपालिका वडा नं। ८ का वडाअध्यक्ष अशेश्वर महतोले खोलामा स्काइभेटर लगाएर जथाभावी उत्खनन् भइरहेको खवर पाएपछि गाउँबासीले स्काइभेटर नियन्त्रणमा लिएको बताए । उनले अवैध तरिकाले मापदण्ड विपरित भईरहेको खोला उत्खनन् र स्काईभेटर नियन्त्रणमा लिदएको बारे छलफलबाट समस्या समाधान गर्ने समेत बताएका छन् । ओ अबैध खोला उत्खनन् रोक्नका लागि प्रहरीले कुनै चाँसो नदेखाएको आरोप लगथाउँदै अध्यक्ष महतोले क्रसर माफियाहरुको कमिशनको लोभमा फसेर प्रहरी प्रशासन नै सुरक्षा दिई रहेको दावी गरे । कोरोना नियन्त्रणका लागि गाउँमा भिडभाड रोक्न प्रहरीलाई आग्रह गर्दा पनि कुनै सुनवाई नगरेको तर स्काईभेटर नियन्त्रणमा लिउको ५ मिनेटभित्रै क्रसरबलालाई सुरक्षा दिन र स्काईभेटर छुटाउन तुरन्तै आउने दृश्यले पनि क्रसर माफियासँग प्रहरीको सेटिंग रहेको उनको दावी थियो । नगरपालिका खोला ठेक्का लगाउन बखत स्काईभेटर प्रयोग नगर्ने र बेल्चाले उठाएर ट्याक्टरमा बालुवा गिट्टी ओसार्ने निर्णय गरी ठेक्का सम्झौता गरिएको जानकारी दिँदै अध्यक्ष महतोले पछिल्लो पटक जिल्ला समन्वय समिति धनुषाले गरेको विवादित निर्णयको कारण अवैध खोला उत्खनन् बढेको गुनासो गरेका छन् ।
यता ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तीलक सुनारले अवैध खोला दोहनमा प्रहरीको कुनै संलग्नता नरहेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर